रोहिणी//
रुपन्देहीको रोहिणी गाउँपालिकामा एकल महिलाहरुलाई कम्बल वितरण गरेको छ । ३ नम्बर वडा कार्यालय धकधईले सोमबार धएक कार्यक्रमको आयोजना गरी एकल महिलाहरुलाई कम्बल वितरण गरेको हो । चिसो मौसमलाई मध्यनजर गर्दै १४० जनालाई कम्बल वितरण गरिएको रोहिणी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले बताउनुभएको छ ।
कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले स्थानीय सरकारलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिनु भएको छ । उहाले स्थानीय सरकारले जनताको पीर मर्का नजिकसँग बुझ्न पाएको बताउनुभयो । गाउँपालिका उपाध्यक्ष शिवकान्ति हरिजनले रोहिणी गाउँपालिका ३ नम्बर वडा कार्यालयले राम्रो काम गरेको बताउनु भयो । उहाले आगामी वर्षहरुमा पनि यस्ता कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
रोहिणी गाउँपालिकाका प्रवक्ता तथा रोहिणी–३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीको अध्यक्षता, गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको प्रमुख आतिथ्यता, सरस्वती विश्वकर्माको स्वागत तथा रोहिणी–३ की वडा सचिव पूर्णिमा घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।