सियारी//
रुपन्देहीको सियारी गाउपालिकामा रहेको एकमात्र प्राबिधिक बिद्यालय पब्लिक माध्यमिक बिद्यालयको स्वर्ण महोत्सव आईतबारबाट शुरु भएको छ। बिद्यालय स्थापनाको ५० औं बार्षिक उत्सवको अवसरमा मनाउन थालिएको स्वर्ण महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले एक कार्यक्रमा बिच गर्नुभयो।
विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री गिरीले शिक्षा क्षेत्रको बिकास र उन्नयनका लागि प्रदेश सरकारले काम अघि बढाएको बताउनु भयो। शिक्षा क्षेत्रको बिकास पछि मात्रै समग्र मुलुकको बिकास हुने भन्दै मुख्यमन्त्री गिरीले शिक्षा क्षेत्रमा लगानी बृद्धि गर्न प्रदेश सरकार सकारात्मक रहेको समेत उल्लेख गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका मख्यमन्त्री गिरीले प्रदेशका अधिकांश सरकारी बिद्यालयले सिमित श्रोत र साधनका बाबजुत उत्कृष्ठ कार्य गरेको उल्लेख गर्दै सैद्धान्तिक र व्यवहारिक शिक्षालाई युग सुहाउदो रुपमा अगाडि बढ्न आग्रह समेत गर्नु भयो। मन्तव्यको क्रममा अवको शिक्षामा हरेक शैक्षिक संस्थाहरुबाट सरकारलाई आबश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनु भयो। कार्यक्रममा पुर्व शिक्षामन्त्री तथा सांसद वसिउद्धिन खां, सासंद तुलसीप्रसाद चौधरी, सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, विद्यालयका प्रथम पिएचडी डाक्टर बिष्णुप्रसाद मरासिनी लगायतले बोल्दै बिद्यालयको उन्नती र प्रगतीका लागि आआफ्नो ठाउँबाट आबश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
स्वर्ण महोत्सवको अबसरमा स्वर्ण स्तम्भ उद्घाटन, प्राबिधिक भवन उद्घाटन, नृत्य प्रस्तुत, पिएचडि बिद्यार्थीलाई सम्मान, हाजिरजवाफ प्रतियोगिता, अनतरमावि बक्तृत्व प्रतियोगिता, प्रबिधि प्रदर्शनी, स्मारिक बिमोचन, पुर्व बिद्यार्थी र शिक्षक वीच फुटवल प्रतियोगिता लगायतका कार्यक्रमको सञ्चालन गर्ने बिद्यालयले जनाएको छ। उक्त विद्यालयमा सिटिइभिटी अन्तर्गत प्राविबिध तर्फ डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग र डिप्लोमा इन जियोमेटिक इन्जिनियरिङ्ग सहित साधारण तर्फ कक्षा १२ सम्म पठनपाठन हुदै आएको छ।