काठमाण्डौ //
नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका ३ जना पाइलटलाई निलम्बन गर्न निर्देशन दिएको छ। नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्ने क्रममा त्यहाको एटीसीको इन्स्ट्रक्सन नमानेपछि उनीहरुलाई निलम्बन गर्न प्राधिकरणले निर्देशन दिएको हो ।
हङकङ विमानस्थल एटीसीले दिएको निर्देशन अवज्ञा गर्दै जहाज अवतरण गरेको सूचना हङकङ सिभिल एभिएसनबाट आएको कारण उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मालाई कारबाहीको स्वरुप निलम्बन गर्न निर्देशन दिएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??