spot_img
spot_img
spot_img

युक्रेनलाई युरोपेली संघको ५० करोड युरो सहयोग

spot_img

एजेन्सी //

युरोपेली संघले युक्रेनलाई ५० करोड युरो बराबरको सैन्य सहयोग उपलब्ध गराउने भएको छ । संघमा आबद्ध देशका विदेशमन्त्रीको सोमबार भएको बैठकले उक्त रकम बराबरको सैन्य सहायता उपलब्ध गराउने निर्णय गरेको हो । युक्रेनी सेनाको तालिमका निम्ति चार करोड ५० ला युरो बराबरको सहायता प्रदान गर्न सङ्घ सहमत भएको विदेश मामिला प्रमुख जोसेप बोरेलले बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बताए । सङ्घले युक्रेनलाई उपलब्ध गराउने यो सैन्य सहयोगको सातौँ खेप हुनेछ ।

युक्रेनलाई सर्वाधिक सहायता प्रदान गर्ने युरोपेली सङ्घ भएको छ । सङ्घको सहयोग ५० अर्ब युरोको हाराहारीमा पुगेको छ । पश्चिमा देशले युक्रेनलाई हतियार उपलब्ध गराएर द्वन्द्व समाधान नहुने बरु त्यो अझ लम्बिने र त्यसले युक्रेनी जनताको दुःखकष्ट बढाउने रुसले बताउँदै आएको छ । बैठकमा इरानको वर्तमान अवस्था तथा विभिन्न उच्च सङ्घसंस्था, प्रतिनिधिसहित ३७ जना इरानी अधिकारीमाथि चौथो चरणको प्रतिबन्ध लगाउने सम्बन्धमा पनि छलफल गरेको छ ।

-सिन्ह्वा

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img