आज बिद्याकि देवि सरस्वतीको पुजाआजा गरि श्रीपन्चमी अर्थात सरस्वती पुजा मनाईदै छ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीमा देशभर विद्याकी देवी सरस्वरीको पूजा गरिँदैछ । वसन्त ऋतुको सुरूआत हुने भएकाले वसन्त पञ्चमी समेत भनिने यस दिन सरस्वतीको पूजा गर्दा बुद्धि बढ्ने विश्वास छ । आज देशभरका सरस्वती मन्दिरमा पुजा गर्नेको भीड लाग्दछ ।
विद्यालय पठाउने उमेर पुगेका बालबालिकालाई आज कै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजको दिनदेखि विद्यालय पठाउँदा ज्ञान र बुद्धि धेरै हुने जनविश्वास छ । आजको दिन आफैंमा शुभ हुने भएकाले विवाह, व्रतबन्धलगायत सबै प्रकारका सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु नपर्ने बताइन्छ । यस दिन बालबालिकाको नाक, कान छेड्ने चलन पनि छ ।
आज रुपन्देहिको कन्चन र गैडहवा गाउँपालिका लगाएत देशभरका विधालयमा बिविध कार्यक्रम गरिदैछ ।