काठमाण्डौ //
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का अध्यक्ष समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद र सभापति पद खारेज भएपछि सो पार्टीका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । रास्वपाकी सांसद समेत रहेकी नेतृ सोविता गौतमले सर्वोच्चको फैसला सवैले मान्नुपर्ने बाध्यता रहेको भन्दै कसरी अघि बढ्ने भन्नेबारे पार्टीमा छलफल हुने बताउनुभयो। अब के कसरी अघि बढ्ने भन्ने विषयमा पार्टीमा छलफल गर्नुपर्ने र त्यसका लागि तयारी गरिएकोे गौतमको भनाई छ ।
लामिछानेको नागरिकता विवादमा सर्वोच्चको संवैधानिक इजलासले सुनुवाई सकेर शुक्रबार फैसला सुनाएको हो । अदालतले शुक्रबार गरेको फैसलामा लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता त्याग गरेको कुराको विधिवत जानकारी सम्बन्धित अधिकारी ९प्रमुख जिल्ला अधिकारी० लाई नदिएको उल्लेख गरिएको छ ।
यस्तै नेपाल नागरिकता ऐन, २०६३ को दफा १० र ११ लगायत नेपाल नागरिकता नियमावली, २०६३ को नियम ११ बमोजिम तोकिएको प्रकृया वमोजिम नागरिकता जारी गर्ने कार्यालयमा गई निवेदन नदिएको पनि अदालतले ठहर गरेको छ । सो अनुसारको प्रक्रिया अपनाएको भन्ने समेत प्रत्यर्थीले जिकिर लिएको नपाइएको अदालतको फैसलामा उल्लेख छ ।