spot_img
spot_img
spot_img

लुम्बिनीमा मानव अधिकार सम्बन्धी दुई दिने सचेतना कार्यक्रम

spot_img

लुम्बिनी//अञ्जना चौहान,

लुम्बिनी बौद्ध विश्व विद्यालयमा मानव अधिकार शिक्षा सम्बन्धी २ दिने सचेतना मुलक कार्यक्रम विहिबार सम्पन्न भएको छ ।लुम्बिनी संस्कृतिक नगर पालिकाको सहयोग तथा सशक्तीकरण अभियान नेपालको आयोजनामा लुम्बिनी संस्कृतक नगर पालिका वडा न ६ पर्सा स्थिति बौद्ध विश्व विद्यालयको केन्द्रिय कार्यलयमा सो कार्यक्रम भएको हो। ६५ जना सहभागी भएको मानव अधिकार शिक्षा सम्बन्धी सचेतना तालिमको सहिजकरण इन्सेक रुपन्देहीका रिमा वि।सीले गर्नु भएको थियो। कार्यक्रममा मानव अधिकार सम्बन्धी बिभिन्न आयाम र बर्तमान अवस्थाका बारेमा जानकारी गराइएको थियो।

कार्यक्रममा लुम्बिनी संस्कृतिक नगर पालिकाका नगर प्रमुख सजरुद्धिन मुसलमाले समाजलाई कुन दिशातर्फ लैजाने भन्ने कुराको मापन त्यो समाजको मानव सभ्यता र अधिकारले निश्चित गर्ने उल्लेख गर्नु भयो। समाजमा बिभिन्न घटनाहरु घट्ने तर ती घटनाहरु मानव अधिकारसंग जोडिएका बिषयहरुबारे समुदायका हरेक नागरिकलाई थाहा हुन आवस्यक भएको नगरप्रमुख मुसलमानले उललेख गर्नु भयो।यस्तै प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेले मानव अधिकार सम्बन्धी बिभिन्न कार्यक्रमहरु नियमित रुपमा सञ्चालन हुनुपर्ने बताउनुभयो।

महिला शसक्तीकरण अभियानका अध्यक्ष गणेश यदवको अध्यक्षता तथा लुम्बिनी विकास मञ्चका अध्यक्ष सुदिप गुप्ताको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा नगर उपप्रमुख कल्पना हरिजन वडा नं। ६ का अध्यक्ष नैमुलहक मुसलमान, कार्यपालिका सदस्य रुबिना खातुन लगायतको उपस्तिथि रहेको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img