१३ माघ, देउखुरी ।
देउखुरीको लमहीमा छैठौं कृषि,पर्यटन तथा व्यापार महोत्सव २०७९ भव्य साथ बिहीबार उद्घाटन भएको छ। देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेश्वर खनालको अध्यक्षता तथा लुम्बिनी प्रदेशका माननीय मन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा प्रमुख अतिथि आचार्यले बिग्रिदो अर्थतन्त्रलाई सुधार गर्न सरकारले अथक प्रयास गरिरहेको बताउनु भएको छ। देशमा विभिन्न समस्याहरु जगरिएर आइरहेको अबस्था र २०७२ सालको महाभूकम्पले एकहतसम्म आर्थिक अबस्था नाजुक बनाएर आम नागरिकको टाउको उठाउन नपाउदै फेरि कोभिड (१९ ले थप दुई वर्षसम्म विश्व अर्थतन्त्र नै थला पर्न गएको र त्यसको सिकार नेपाल पनि परेको मन्त्री आचार्यले बताउनुभयो।
कोरानाको कारणले गर्दा तरल अवस्थामा अघि बढेको अर्थतन्त्रलाई विशेष सुधार गर्न सरकार अहिले अघि बढेको र आर्थिक सूचकहरु सुधारोन्मुख नहुँदासम्म आशा गर्ने ठाउँ नरहेको बताउनु भयो। उद्योगी व्यवसायसीलाई प्रोत्साहन गर्न नसके आर्थिक समृद्धि हाँसिल गर्न नसकिने बताउनु भयो। प्रमुख अतिथि समेत रहनु भएका मन्त्री आचार्यले देउखरीमा प्रदेश राजधानी आएसँगै यो क्षेत्रको विकासले गति लिने बताउँदै विकसित राजधानी अभियानमा लुम्बिनी प्रदेश सरकार अघि बढेको हुँदा राजधानी व्यवस्थापनका लागि सबैले साथ सहयोग गर्नु पर्ने बताउनु भयो।
कार्यक्रमका विशेष अतिथि नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य जम्शेर अलि मियाँले देशका युवायुवतीलाई विभिन्न सिपमुलक तालिम दिनु पर्ने बताउनुभएको छ। उहाँले देउखुरीको समग्र विकास गर्नको लागि स्थानीय सरकारलाई स्थानीय पत्रकारहरुलाई परिचालन गरेर यहाँका हरेक सम्भावना बोकेका र अहिले ओझेलमा परेका विभिन्न पर्यटकीय स्थलको व्यापक प्रचारप्रसारको लागि खटाउन सुझाव दिनुभयो।
देउखुरी उघोग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कमलजंग सिंह ठकुरीको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरी,लुम्बिनी प्रदेशका निर्वतमान प्रदेश सभा सदस्य रेवतीरमण शर्मा, लमही नगरपालिकाका निर्वतमान नगर प्रमुख कुलबहादुर केसी,नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बालकृष्ण सुवेदी नेकपा एकीकृत समाज वादीका पार्टीका क्षेत्रीय सचिव शशिराम नेपाली,राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश सदस्य देवराज पाठक,नेकपा माओवादी केन्द्र लमही नगर कमिटीका अध्यक्षस्डिलकुमार कुमार श्रेष्ठ, थारु कल्याणकारीणि क्षेत्रीय क्षेत्र नम्बर १ का सभापति प्रकाश कुमार चौधरी,नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष चुमा आचार्य, चेम्बर अफ कमर्शका अध्यक्ष शितल भुसाल,होटल व्यवसायी संघका केन्द्रीय सदस्य नारायण भुसाल लगायतका वक्ताहरुले शुभकामाना मन्तव्य व्यक्त गर्नु भएको थियो।
महोत्सव उद्घाटनका दिन उत्कृष्ट झाँकी प्रदर्शन गर्ने समुहलाई पुरस्कृत समेत गरिएको थियो। त्यस्तै शुक्रबार दोस्रो दिन महोत्सवमा आउने कलाकार विन्दु परियार,चन्द्र शर्मा,मञ्जु भट्टराई र अनुप बुढा मगर लगायतका स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने कार्यक्रम तय भएको आयोजक टिमका भिम भुसालले जानकारी दिनु भयो। महोत्सवमा प्रवेशका लागि एक सय रुपैया प्रवेश शुल्क र विद्यार्थिलाई ८० रुपैँया टिकट दर राखिएको बताइएको छ।
महोत्सवमा राष्ट्रि यस्तरका चर्चित कलाकार प्रकाश सपुत,बद्रि पंगेनी,प्रमोद खरेल,रामजी खाँड,पशुपति शर्मा,मेलिन राई,प्रिति आले,रमेशराज भट्टराई लगायतका करिब ५० बढी राष्ट्रीय तथा स्थानीय कलाकार आउने आयोजकले बताएको छ। महोत्सव माघ १२ गतेदेखि २५ गतेसम्म चल्नेछ । कार्यक्रममा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष,देउखुरी उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष रत्नप्रसाद श्रेष्ठ,लगायत अन्य विशेष व्यक्तित्वको उपस्थिति रहेको उक्त महोत्सवको औपचारिक कार्यक्रमको संचालन संघका कोषाध्यक्ष जागेश्वर बश्यालले गर्नु भएको थियो।