काठमाण्डौ//
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारलाई कार्य सञ्चालनको मुख्य थलोका रूपमा लिएको बताउनुभएको छ। उहाँले आफ्नो तेस्रो कार्यकालमा शासनको नेतृत्व सिंहदरबारबाटै गर्ने सोच बनाएको बताउनुभएको होृ। आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री कार्यालय मातहतका निकाय र कार्यालयहरूको बैठकमा प्रधानमन्त्री प्रचण्डले यो कुरा उल्लेख गर्नुभयो।
प्रधानमन्त्रीले सिंहदरबारबाट काम गर्नु भनेको राज्यका सबै अङ्गहरूको एकीकृत परिचालनको नेतृत्व गर्नु जस्तै भएको बताउदै उहाँले राज्यका सबै अङ्गलाई जवाफदेही र उत्तरदायी बनाउनुपर्नेमा जोड दिनुभयो । निर्णय प्रक्रियामा सरलीकरण गरी छिटो छरितो कार्यसम्पादन गर्न निर्देशित गर्न प्रधानमन्त्री प्रचण्डले अनुरोध गर्नुभयो ।
बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतका १२ वटा निकाय तथा कार्यालयका प्रमुखहरूले आ–आफ्नो निकाय र कार्यालयहरूको कार्यादेश, नीतिगत र संरचनागत स्थिति, प्राप्त उपलब्धि, सीमा, समस्या र सरकारसँग गरिएको अपेक्षाबारे सङ्क्षेपमा बिफ्रिङ गरेका थिए ।