सुरज भट्टराई, देवदह//
रुपन्देहीको देवदह नगरपालिका स्थित देवदह माध्यमिक विद्यालयको ३९ औं बार्षिक उत्सव विभिन्न कार्यक्रमको आयोजना गरी सम्पन भएको छ। विधालयको बार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा देवदह नगरपालिकाको नगर प्रमुख ध्रुब प्रसाद खरेलले शिक्षा जीवन उपयोगी हुनु पर्ने बताउदै अहिलेको समयमा प्राविधिक विषयमा अध्यन अध्यापन गराउन जरुरी रहेको बताउनुभयो। उहाले शैक्षिक प्रमाणपत्र हातमा भएर पनि पलायन हुने समस्याको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो। उहाले देवदहको मुटुमा रहेको यस विद्यालयलाई नगरबासी , अभिभावक सबैले यसको विकासका लागि सहयोग गर्न आग्रह गर्नु भएको थियो। साथै अभिभावकलाई आफ्नो नानिबाबुहरुको पढाई के(कस्तो छ भनेर बेलाबखतमा विद्यालय अनुगमन गर्न समेत आग्रह गर्नुभएको थियो।
यसैगरी बिशिष्ट अतिथि तथा पृतनापति मध्य पश्चिम पृतना हे।का। जर्नेल यम ढकालले विद्यार्थीहरुलाई राम्रो व्यक्तिको संगत गर्न आग्रह गर्नुभएको थियो। झिगाको संगत गर्ने कि मौरीको संगत गर्ने भन्ने उदाहरण दिदै कलिलो उमेरमा गरिने असल संसर्गले जीवनमा सफल हुन मद्दत गर्ने र विद्यार्थीहरुले दृण ईच्छा साथ पढाई गर्नु पर्ने बताउनुभएको थियो। कार्यक्रम देवदह नगरपालिकाको नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङले शिक्षाको विकासले मात्र सामाज अनि देशको विकास हुने बताउनुभयो। उहाले सुखी देवदह, समृद्ध देवदह बनाउने लक्ष्य शिक्षा क्षेत्रको विकासले पूरा हुने बताउनुभयो। उहाले देवदह नगरपालिका शैक्षिक क्षेत्रमा नमुना नगरपालिका बनाउने लक्ष्य साथ अगाडि बढेको बताउनुभयो। साथै उहाले देवदह मा।विले शिक्षा क्षेत्रमा पुर्याएको योदगान प्रशंसनीय रहेको बताउनुभयो।
कार्यक्रममा देवदह माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज खरेलले भावी कार्य योजना प्रस्तुत गर्दै आफुहरु शैक्षिक सामाजिक हिसाबले देवदह मा।विलाई अब्बल गराउने तरिकाले लागि परेको बताउनुभयो। उहाले देवदह मा।विलाई संस्थागत विद्यालय भन्दा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा पनि अब्बल बनाउने र विद्यालय र शिक्षा क्षेत्र प्रती विद्यार्थीको रुचि बढाउने गरी विद्यालयलाई विकास गर्ने प्रतिवद्द्ता समेत व्यक्त गर्नुभएको थियो। उहाले अभिवाभकलाई आफ्नो बालबालिकालाई घरमा पढ्ने वातावरण तयार गरिदिन पनि आग्रह गर्नु भएको थियो। साथै उहाले देवदह मा।विलाई देवदहकै नमुना विद्यालयको रुपमा विकास गर्ने बताउनुभयो।
वार्षिक उत्सवका अबसरमा विद्यालयका प्रधानाध्यापक केशव घिमिरेले शैक्षिक तथा आर्थिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए। देवदह नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत प्रदिप पौडेल, नगर शिक्षा अधिकारी टिकाराम शर्मा, देवदह आदर्श बहुमुखी क्याम्पसका प्रमुख मित्रलाल न्यौपाने, पुर्व प्रधानाध्यापक लिलाधर पाण्डे, साना किशान सहकारी संस्थाका अध्यक्ष टीका न्यौपाने, पुर्व विद्यार्थी समाज देवदहका उमाकान्त अधिकारी, जनप्रीय माध्यमिक विद्यालयको प्रधानाध्यापक गायत्री प्रसाद खरेल, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष जगन्नाथ अधिकारी, लगाएतले बोल्दै विद्यालय उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा बाहिनीपती (२२ नं बहिनी अड्डा व्रिगेडिएर जर्नेल) नवराज गुरुङ, गरुणदलगण गणपति दिपेन्द्र न्यौपाने, देवदह नगरपालिका वडा नं ७ का वडा अध्यक्ष कृष्ण अधिकारी, वडा नं ८ का वडा अध्यक्ष हरी पाण्डे, वडा नं ७ का पुर्व वडा अध्यक्ष पदम थापा, देवदह खानेपानी संस्थानका अध्यक्ष गुमान सिंह कुवर, विद्यालय व्यवस्थापन समितिका सदस्य, पुर्व समिति, विद्यालयका शिक्षक, कर्मचारी, अभिभावक, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगाएतको बाक्लो उपस्थिति रहेको थियो।
सो अवसरमा बिद्यालयका पुर्व शिक्षकहरुलाई सम्मान गरिएको थियो भने कक्षागत प्रथम, द्वितिय, तृतीय हुने कक्षा ई सि डि देखि कक्षा १२ सम्मका विद्यार्थीरूलाई पुरस्कार प्रदान गरिएको थियो। विभिन्न अतिरिक्त कृृयाकलापमा प्रथम द्वितिय तृतीय विद्यार्थीहरू पुरस्कार प्रदान गरिएको थियो। वार्षिक उत्सव कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुरज खरेलको अध्यक्षता, विद्यालयको सहायक प्र।अ मेघराज घिमिरेको स्वागत र इन्दिरा अर्याल र बाबुराम पन्थीको संयुक्त सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।