काठमाण्डौ //
राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारबाट नबाहिरिने भएको छ । झन्डै चार घन्टा लामो चलेको बैठकबाट पार्टीले सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको हो । पार्टीका प्रवक्ता मुकुल ढकालका अनुसार केन्द्रीय समिति र पार्टी संसदीय दलको संयुक्त बैठक बसेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले दुई दिनको समय मागेकोले अहिलेलाई बैठक स्थगित गरिएको प्रवक्ता ढकालले जानकारी दिनुभयो ।
उच्च राजनीतिक संयन्त्रको बैठक बोलाउन माग गर्ने निर्णय समेत भएको बताउनुभयो । गत आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता पुनस् प्राप्त गरेका लामिछानेले आफूलाई फेरि गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अनुरोध गर्नुभएको थियो ।