अजय मिश्र,कपिलवस्तु //
लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले नेपाल सरकारका संघिय मामिला तथा सामान्य प्रशासन मंत्री अमनलाल मोदीसंग भेटघाट गरेर्नुभएको छ । उपाध्यक्ष मौलाना मशहूद खां लगायत नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य जीत बहादुर चौधरी, नेकपा माओवादी केन्द्र कपिलवस्तु जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य कमल चुदाली, नेकपा माओवादी केन्द्र कपिलवस्तु जिल्ला संयोजक बिष्णु बेल्वासे, नेकपा माओबादी केन्द्र कपिलवस्तु जिल्ला सचिव हजरत अली खान, अलताब खान , राष्ट्रीय मदरसा संघका उपाध्यक्ष शैख जैस मक्की, लगायतले कपिलवस्तुको विकासका लागि मंत्री मोदी को ध्यानाकर्षण गराएका थिए ।
मोदी कपिलवस्तु जिल्ला भ्रमणका क्रममा हुदाँ उहाँलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै मुस्लिम समुदायका विद्यार्थी हरु साउदी अरबको विश्वविद्यालयमा पढ्नका लागी निकै कठिनाई भएकाले मदरसाका विद्यार्थीलाई सजिलो रूपमा एनओसी प्रदान गरि साउदी अरब लगायत अन्य देशमा सहजै उच्च शिक्षा हासिल गर्ने वातावरण मिलाउनु पर्ने मदरसामा पढाउने शिक्षक (मौलाना)लाई सरकारी विद्यालय सरह सेवा सुविधा दिनु पर्ने , धार्मिक रूपमा संचालित मदरसा, गुम्बा, गुरूकुल लगायतका विद्यालयमा दिदै आएको बार्षिक अनुदान बृद्धि गर्नुपर्ने जस्ता विषयमा मंत्री मोदीको ध्यानाकर्षण गराउनका साथै असहाय, जनजाति, दलित, मधेसी, महिला, मुस्लिम, पछडिएको वर्ग, अल्पसंख्यक, सिमान्तकृत, लोपउन्मुख लगायत अन्यको हक अधिकारका लागि माओबादी केन्द्र ले खेलेको भूमिका अविस्मरणीय रहने उपाध्यक्ष मौलाना मशहूदले बताउनुभयो । सोही क्रममा नेकपा माओबादी केन्द्र कपिलवस्तु जिल्ला हालसालै सचिव भएकोमा हजरत अलि खानलाई समेत उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले दोसल्ला ओढाई सम्मान गरेका थिए।