spot_img
spot_img
spot_img

१० औं फर्साटिक कप सुनौलो संगमले हात पार्यो

spot_img

शुद्धोधन,रवि राना//

सुनौलो संगम युवा क्लब देविनगरले रुपन्देहीको फर्साटिकरमा सम्पन्न शुद्धोधन गाउँपालिका १०औं फर्साटिकर कप २०७९ को उपाधि हात पारेको छ । शनिबार सम्पन्न फाईनल खेलमा कपिलवस्तु ११ लाई ३(२ गोल अन्तरले पराजित गर्दै सुनौलो संगम उपाधि हात पार्न सफल भएको हो। उपाधि हात पारेसंगै सुनौलो संगमले नगद २ लाख ५५ हजार ५५५ रुपैया सहित कप तथा मेडल कबजा गर्न सफल भएको छ। यसैगरी उपविजेतामा चित्त बुझाउन बाध्य भएको कपिलवस्तु ११ ले नगद १ लाख २५ हजार ५५५ रुपैया सहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ ।

हजारौं दर्शकहरुको उपस्थितिमा भएको फाइनल प्रतिस्पर्धामा सुनौलो संगमका कृष्ण क्षेत्रीले खेलको १२ औं मिनेटमा पहिलो गोल गरी आफ्नो टिमलाई १/० अंकले अग्रता कायम गर्न नभ्याउदै सुनौलाकै फागुराम थारूले कृष्ण क्षेत्रीले पहिलो गोल गरेको ३ मिनेटमै अर्थात खेलको १५ औं मिनेटमा आफ्नो टिमका लागि दोश्रो गोलगरी खेललाई २/० अंकले अग्रता कायम गर्न सफल भएका थिए। यसैगरी सुनौलोकै फागुराम थारुले दोश्रो हापको १२ औं मिनेटमा पुन थप १ गोल गरी आफ्नो टिमलाई ३/० अंकले अग्रता दिलाएसंगै सुनौलोका लागि उपाधी कब्जा गर्ने मौका मिलेको थियो। उपविजेतामा सिमिति हुन बाध्य भएको कपिलवस्तु ११ का मिलन क्षेत्रीले दोस्रो हापको २० औं मिनेटमा गोल गरी सुनौलौलाई सहजै उपाधी कब्जा गर्न दिनबाट रोक्न सफल भएका थिए ।

निकै प्रतिस्पर्धात्मक भइरहेको खेलमा कपिलबस्तु ११ का मिलन क्षेत्रीले आफ्नो टिमका लागि पहिलो गोल गरेसंगै कपिलबस्तु ११ का समर्थक दर्शकहरुमा आसाको झिल्को देखा परिरहकै समयमा सोही टिमकै सन्जु सेनले ३७ औं मिनेटमा थप १ गोल गरेपछि भने उपाधी हात पार्ने पक्कापक्कीलाई भने झन चुनौती थपिदै थियो भने कपिलबस्तु ११ का खेलाडी र दर्शकहरुको अनुहारमा उज्यालो थपिएको थियो। यद्यपी कपिलबस्तु ११ का खेलाडीहरुले गोल गर्ने अवसर पाइरहे पनि त्यसको सही सदुपयोग गर्न नसक्दा अन्ततः खेल ३(२ गोल अन्तरले समाप्ती भएसंगै सुनौलोले १० औं फर्साटिकर कप हात पार्न सफल भयो।

प्रतियोगितामा सर्वोउत्कृष्ट गोलकिपर सुनौलो संगम दिपेश परियार, सर्वाधिक गोलकर्ता कपिलवस्तु ११ का सन्जु सेन,सर्वोत्कृष्ट खेलाडी सुनौलो संगमका एलिश मगर ,उदयमान खेलाडीको रुपमा अवतार थापा सम्मानित भएका छन प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधी हात पारेको सुनौलो संगमका एलिस मगरले नगद १० हजार ५५५ रुपैया र उत्कृष्ट गोलकिपरको उपाधी प्राप्त गरेका सुनौलोका दिपेश परिया र र सर्वाधिक गोलकर्ता कपिलबस्तुका सञ्जु सेनलाई नगद ५ हजार ५५५ रुपैया नगद सहित कपबाट सम्मानित गरिएको थियो।

प्रतियोगिताका विजेता तथा उपविजेता टिमहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै पुर्व गृहमन्त्री बालकृष्ण खाँणले खेलाडीहरु देशको गहना र मुख्य मेरुदण्ड समेत भएको बताउनु भयो। स्वास्थ्यका लागि खेल खेल्दै गर्दा देशको गरिमालाई उच्च गराउन सक्ने खेलाडीहरु महत्वपुर्ण गहना भएको उल्लेख गदै पुर्वमन्त्री खाँणले खेलको माध्यमबाट देशको समृद्धिमा समेत खेलाडीहरुलाई जोड्न सके देशको मुख्य मेरुदण्डको रुपमा समेत रहने बताउनु भयो।
यस्तै शुद्धोधन गाउपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले समाज रुपान्तरण र शुद्धोदनको हरेक बिकासको कार्यमा खेलाडीहरुलाई संगसंगै लैजान सकेमात्र सबैले समानुपातिक र सन्तुलित बिकासको अनुभुत गर्न पाउने बताउनु भयो। कार्यक्रममा लुम्बिनी प्रदेशका निवर्तमान प्रदेश सभा सदस्यले देशको कुनैपनि क्षेत्रको बिकासमा युवा शक्तीको साथ लिएर अगाडी बढ्न आवस्यक रहेको कुरा उल्लेख गर्नुभयो।
क्लबका अध्यक्ष मुकेश कुवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शुद्धोधन वडा न ४ का वडा अध्यक्ष केशब अधिकारी, जिल्ला फुटबल संघका अध्यक्ष दीर्घबहादुर केसी, क्लबका संरक्षक चक्रबहादुर कुवर, खेल संयोजक विष्णु पङ्गेनी लगायतले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई सम्मान तथा पुरस्कार वितरण गर्नु भएको थियो । कार्यक्रममा चर्चित कोरियोग्राफर,डान्सर तथा निर्देशक सुनिल क्षेत्री लगायतका कलाकारहरुको विशेष प्रस्तुति समेत रहेको कार्यक्रमम फर्साटिकर माविको खेलमैदानमा निर्माण गरिएको खेलाडी सज्जा कक्षको उद्घाटन समेत गरिएको थियो । प्रतियोगिता फर्साटिकर माविको खेलमैदानमा भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img