कञ्चन//
भोली मंगलवार नेश्नल बाथ रोग सेन्टर, बुटवलको आयोजनामा कञ्चनमा निःशुल्क बाथरोग तथा सुगर परिक्षण शिविर हुने भएको छ। कार्यक्रम कञ्चन गाउँपालिका वडा नं. १ र २ को सहकार्यमा कञ्चन २ को वडा कार्यालय गजेडीमा हुने छ। शिविरबारे जानकारी गराउनु हुदै वडा नं. १ का वडाअध्यक्ष हरिनारायण थारुले कञ्चनवासीको स्वास्थ्य सेवामा वडा र गाँउपालिका सदैव लागिरहेको र यसैको निरन्तरता नै निःशुल्क बाथ रोग तथा सुगर परिक्षण शिविरको आयोजना गरिएको बताउनुभयो ।
बुटवल तथा भैरहवा र अन्य सुबिधायुक्त स्थानहरुमा गई सेवा लिन नसक्ने अशक्त, असाहय, जेष्ठ तथा अपांगता भएका कञ्चनवासीहरुका लागि स्थानीय तहमै प्राविधिकहरुको व्यबस्था गरेर सहज रुपमा निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष थारुले जानकारी दिनुभयो ।
भोली हुने निःशुल्क बाथ रोग तथा सुगर परिक्षण शिविरमा कञ्चन तथा छिमेकी पालिकाहरुका बिरामी तथा सेवाग्राहीलाई सहभागी भई सेवा लिनका लागि वडा नं.२ का वडा अध्यक्ष टेक बहादुर गुरुंग९चन्द्रे दाई०ले आग्रह गर्नुभएको छ। कार्यक्रम बिहान १० बजे देखि दिउँसो १ बजेसम्म संचालन हुने समेत आयोजकले जनाएको छ।