spot_img
spot_img
spot_img

लुम्बिनीमा रामकथा प्रवचन कार्यक्रमको बिरोध प्रदर्शनमा झडप भएपछि तनाव उत्पन्न

spot_img

 तिलोत्तमा//

भारतिय हिन्दु गुरु मुरारी वाप्पुद्वारा लुम्बिनीको सभाहलमा माघ २४ गते देखि हुन लागेको रामकथा प्रवचन कार्यक्रम बिरुद्ध प्रदर्शन भएको छ । शान्तीपुर्ण र्यालीमा सहभागी हुन लुम्बिनी पुगेका बौद्धमार्गीहरुमाथी स्थानीयहरुबाट ढुंगा प्रहार भएपछि तनाव उत्पन्न भएको थियो । भारतिय हस्तक्षेप बन्द गर, लुम्बिनी बिकास कोषका उपाध्यक्षले राजिनामा दे, सबै धर्म जाती समुदाय मिलेर बसेको देशमा धार्मिक तथा सांस्कृति हस्तक्षेप गरी दण्ड सृजना गर्ने कार्य बन्द गर जस्ता नारा लगाउदै प्रदर्शनकारीहरु पर्साचोकबाट लुम्बिनी बिकास कोषको कार्यलय अगाडी सम्म र्याली गर्दै पुनः पर्साचोकमै पुगेर कोण सभा गरेका थिए।
यत स्थानीयहरुले भने तिमीहरु बुद्ध होइन, बुद्धको जन्मस्थल लुम्बिनी बचाएको हामीले हो, लुम्बिनीमा रामकथा प्रवचन गर्न पाउनु पर्छ जस्ता नारा लगाउदै बिरोध कार्यक्रमको बिरोध गरेका थिए। कोण सभा सकिएर घर फर्किन लागिरहेको बेला स्थानीयहरुबाट ढुंगा, ईट्टा, लट्ठीले प्रहार गरेपछि प्रदर्शनकारीहरुले पनि ढुंगा र ईट्टाले प्रहार गरेका थिए। प्रदर्शनकारी र स्थानीय बिचको दोहोरो ढुंगा प्रहारबाट दुबैतर्फकालाई सामान्य चोट लागेको नेपाल आदीवासी जनजाती महासंघ समन्वय परिषद रुपन्देहीका अध्यक्ष चित्र तुलाचनले जानकारी दिनुभयो।

शान्तीपुर्ण र्यालीमा सहभागी हुन रुपन्देहीको बुटवल, भैरहवा, तिलोत्तमा, कञ्चन, देवदह, कपिलवस्तु, नवपरासी र दांगबाट समेत बौद्धमार्गीहरु लुम्बिनी आएका थिए। नेपाल मगर बौद्ध सेवा समाज लुम्बिनीका अध्यक्ष तथा बौद्धमार्गी संयुक्त संघर्ष समितिका अध्यक्ष पार्वती घर्ति मगरको नेतृत्वमा भएको बिरोध र्यालीमा थारु बौद्ध सेवा समाज, नेपाल आदीवसी जनजाती महासंघ रुपन्देही, नेपाल मगर संघ, रुपन्देही, तमु ह्युल छोंज धी, धर्मोदया सभा लगायत विभिन्न बुद्ध गुम्बा तथा बिहार व्यबस्थापन समिति र बौद्धमार्गीहरुको सहभागिता रहेको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img