२५ माघ, हेटौँडा ।
हेटौँडाको हर्नामाडीमा जङ्गलमा घाँस काट्न गएकी महिला बाघको आक्रमणबाट घाइते भएकी छिन् । हेटौँडा उपमहानगरपालिका १८ मानेडाँडा बस्ने ५६ वर्षकी मैती बयलकोटीलाई घाँस काट्न गएका बेला बाघले आक्रमण गरेको हो । गाउँमा बाघले निरन्तररूपमा पशुचौपाया मार्ने र मानिसलाई समेत आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित छन्।
अहिले वन कार्यालयबाट घटनाबारे थप बुझ्न त्यसतर्फ गएको प्रहरी इन्चार्ज देवकोटाले बताउनुभयो । पछिल्लो समय वनजङ्गलमा घाँस, दाउरा तथा खुला चरणमा रोक लगाएपछि त्यस क्षेत्रमा झाडी अत्यधिक रूपमा बढेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??