लुम्बिनी//
लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसौंदी निर्वाचित हुनुभएको छ। नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार राजेन्द्रवीर रायलाई पराजित गर्दै दसौदी निर्वाचित हुनुभएको हो । उहाँले ४ हजार २६ मतभार ल्याएर राष्ट्रियसभा उपनिर्वाचनमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । उहाँका प्रतिस्पर्धी कांग्रेसका आचार्य ३ हजार ७२० र उन्मुक्तिका राय १९२ मतभार ल्याउनुभएको थियो ।
एमाले उम्मेदवारी दसौंदीलाई सत्तासाझेदर एमालेसहित र नेकपा माओवादी केन्द्र, राप्रपालगायत राजनीतिक दलको समर्थन थियो । नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त सिटमा आज उपनिर्वाचन भएको हो ।