एजेन्सी।
भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले पहिलो पटक आयोजना गरेको वुमन्स प्रिमियर लिग ९डब्लुपिएल० को अक्सनमा कुनै पनि नेपाली खेलाडी परेनन् । नेपालका पाँच खेलाडीले आफ्नो नाम दर्ता गराए पनि सर्टलिष्टमा कुनै नेपाली खेलाडी नपरेका हुन् । सो अक्सनका लागि पाँच नेपाली खेलाडी कप्तान रुविना क्षेत्री बेलबासे, अलराउन्डर सीता रानामगर, तीव्र गतिकी बलर कविता कुँवर, अश्मिना कर्माचार्य र ब्याटर इन्दु बर्माले नाम दर्ता गराएपनि सर्टलिष्टमा पर्न नसकेका हुन् । बिसिसिआईले १ हजार ५ सय २५ खेलाडीले अक्सनको लागि नाम दर्ता गराएका पनि सर्ट लिष्टमा भने ४ सय ९ खेलाडी मात्र परेको जनाएको छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??