कञ्चन ।
महिला उद्यमशिलता कार्यक्रम सञ्चालन तथा ध्यान केन्द्र भवन निर्माणार्थ रुपन्देहीको कञ्चन गाउँपालिकामा ११ दिने श्री शिवमहापुराण तथा धनधान्यञ्चल ज्ञान महायज्ञ शुरु भएको छ। ॐ श्री महा रुद्रेश्वर त्रिनेत्र धाम कञ्चन ४ रुपन्देही तथा त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र काठमाण्डौको आयोजनामा बुधवारबाट शुरु भएको ज्ञान महायज्ञको शुभारम्भ अनाम माताले दिप प्रज्वलन तथा पिठाधिशेश्वर स्थापना गर्नुभयो। ज्ञान महायज्ञको शुभारम्भ गर्दै माता अनामले विश्वमा फैलिरहेको अशान्ती र बैमनस्यताको निराकरण गर्न अध्यात्म चिन्तन गर्न आवस्यक भएको बताउनु भयो। संसारमा मानव जातिले औलिक शान्ती प्राप्त गर्न योग र अध्यात्मको सत्संग गर्नु पर्नेमा जोड दिदै देशमा दिगो शान्तीको कामनार्थ सञ्चालन गरिएको ज्ञान महायज्ञको भव्य सफलताको कामना समेत माता अनामले गर्नुभयो।
ॐ श्री महा रुद्रेश्वर त्रिनेत्र धाम कञ्चन ४, बुद्धनगर सामुदायिक टोल रुपन्देहीका पिठाधिस महेश आनन्द पुरीले धामको बिकास र कञ्चनमा धार्मिक प्रयटन बिकासमा पनि धामलाई बिकास गर्न बिभिन्न धाम तथा मठ मन्दिरहरुसंगको समन्वय र सहकार्य स्थापित गर्ने बताउनु भयो। पवित्र स्थल महा रुद्रेश्वर त्रिनेत्र धामलाई अध्यात्म चिन्तन केन्द्रको रुपमा बिकास गर्न धर्मशाला, ध्यानकेन्द्र सहितको सभाहल निर्माण तथा समाज परोपकारी सेवाकोलागि एम्बुलेन्स खरिद गरी सञ्चालन गर्न सबैसंग सहकार्य र समन्वय गरेर अगाडी बढ्दै जाने नव विभुषित पिठाधिशेश्वर महेश आनन्दले प्रतिबद्धता गर्नुभयो।
कार्यक्रममा योग गुरु डा. दिपक कुमार शर्माले मनमा अशान्ती र बैमन्यस्ताले बास गर्यो भने कहिलै अमन चैन नुहने बताउदै शारिरीक, मानसिक र अध्यात्मिक रुपमा सुख शान्ती र धैर्यताको बिकास गर्न हरेकले अध्यात्म चिन्तन गर्नु आवस्यक रहेको बताउनुभयो।
शारीरिक रुपमा स्वस्थ हुन योग र मानसिक रुपमा स्वस्थ र सदैब सकारात्मक सोंचको बिकास गर्न अध्यात्मक चिन्तनलाई आफ्नो जिवनसंग सहयात्रा गराउनु पर्नेमा योग गुरु डा शर्माले जोड दिनुभयो। श्री शिवमहापुराण ज्ञान महाययज्ञका प्रमुख वाचक श्री कृष्ण मुकुन्द शरण भुषालले समाजमा दैनिक रुपमा फैलिरहेको विकृति बिसंगतिको न्युनिकरण गर्न र महिलाहरुलाई अध्यात्म चिन्तनसंगै उद्यमशिलतामा प्रोत्साहित गर्ने कार्यक्रमहरु सञ्चालन गर्ने पवित्र उद्धेश्यका साथ सञ्चालन भइरहेको ज्ञान महायज्ञमा दैनिक रुपमा पुजा पाठपरायण, हवन तथा रुद्राभिषेक, संगितमय भजन कृतन, आरती, पुष्पाञ्जली, लक्ष्यवर्ती प्रज्वलन साथै व्रतबन्ध तुलादान लगायत कार्यत्रहरु सञ्चालन हुने बताउनुभयो।
ज्ञान महायज्ञले मानव जगतलाई अध्यात्म चिन्तन प्रति आकर्षित गर्न उत्साहित गर्ने समेत प्रमख वाचक भुषालले बताउनुभयो। ॐ श्री महा रुद्रेश्वर त्रिनेत्र धाम कञ्चन ४ रुपन्देहीका व्यबस्थापन समितिका अध्यक्ष विजय श्रेष्ठको अध्यक्षता तथा त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, काठमाण्डौका निवर्तमान अध्यक्ष नवारज श्रेष्ठले स्वागत गर्नु भएको ज्ञान महायज्ञ शुभारम्भ कार्यक्रमको सञ्चालन कुशल कार्यक्रम सञ्चालक तथा प्रखर वक्ता बिकास भट्टराईले गर्नु भएको थियो।
कार्यक्रममा ॐ श्री महा रुद्रेश्वर त्रिनेत्र धाम कञ्चन ४ रुपन्देही व्यबस्थापन समितिका उपाध्यक्ष देवी गिरीले धामको बारेमा जानकारी गराउदै महायज्ञ सञ्चालन गर्नुको उद्धेश्य र लक्ष्यबारे जानकारी दिनुभएको थिाये। श्री शिवमहापुराण धनधान्यञ्चल ज्ञान महायज्ञ आगामी फागुन ७ गते सम्म सञ्चालन हुने ॐ श्री महा रुद्रेश्वर त्रिनेत्र धाम कञ्चन ४ रुपन्देहीका सचिव युवराज गिरीले जानकारी दिनु भयो। ज्ञान महायज्ञ शुरु हुनुपुर्व माघ २४ गते मोटरसाइकल र्याली तथा कलश यात्रा गरिएको थियो।