spot_img
spot_img
spot_img

मणिमुकुन्द रनिङ शिल्ड भलिबलको सेमिफाइनलमा स्याङजा-पर्वत र गुल्मी-नवलपुर भिड्ने

spot_img

बुटवल ।

रुपन्देहीको तिलोत्तमामा जारी ८औं मणिमुकुन्द रनिङ शिल्ड भबिल कपमा आज क्वाटरफाइनलका खेल सम्पन्न भएका छन। आजको खेलमा नवलपुर, गुल्मी, पर्वत र स्याङ्जा सेमिफाइनलमा प्रवेश गरेका छन् । मणिमुकन्द भलिबल क्लबको आयोजना तिलोत्तमा–२ मा अवस्थित क्लबको मैदानमा बिहिबार भएको प्रतियोयगिताको पहिलो क्वाटरफाइनल खेलमा नवलपुरले रुपन्देहीलाई ३–१ को सेटमा जित दर्ता गरेको हो। यसैगरी दोस्रो क्वाटरफाइनल खेलमा गुल्मीले पाल्पालाई ३–० को सोझो सेटमा जित दर्ता गरेको छ। यस्तै तेस्रो क्वाटरफाइलन खेलमा पवर्तले बागलुङमाथि ३–१ को जित निकालेको छ । यसैगरी चौथो क्वाटरफाइनल खेलमा स्याङ्जाले नवलपरासीलाई पराजित गरेको छ।

यही माघ २४ गतेदेखि जारी प्रतियोगितामा शुक्रबार सेमिफाइनलका खेलहरु हुने आयोजक क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले बताउनुभएको छ। शुक्रबारको पहिलो सेमिफाइनल खेल जिल्ला भलिबल संघ गुल्मी र जिल्ला भलिबल संघ नवलपुरका बीच हुने खेल संयोजक सुरेन्द्र गुरुङले जानकारी दिनुभएको छ । खेल विहान ११ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ । यसैगरी दोस्रो सेमिफाइनल खेल जिल्ला भलिबल संघ स्याङ्जा र जिल्ला भलिबल संघ पर्वतका बिच हुने भएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img