देवदह ।
दोस्रो अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगिता अन्तर्गत विभिन्न खेलहरु सम्पन्न भएका छन्। बिहिबार आयोजित प्रतियोगिताहरुमा बुटवल उपमहानगरपलिका, मायादेवी गाउँपालिका र देवदह नगरपालिका बिजेता बनेका छन्। बुटवल उपमहानगरपालिकाले कञ्चन गाउँपालिकालाई ४–० को गोल अन्तरले पराजित गर्दै बिजेता बनेको हो। त्यस्तै मायादेवी गाउँपालिकाले सैनामैना नगरपालिकालाई टाइब्रेकरमा ३–२ को गोल अन्तरले पराजित गर्दै बिजेता बनेको हो भने देवदह नगरपालिकाले गैडहवा गाउँपालिकालाई ४–० को गोल अन्तरले पराजित गर्दै बिजेता बनेको हो।
आज सम्पन्न खेलहरुमा बुटवल उपमहानगरपालिकाका दिनेश बज्राचार्य, मायादेवी गाउँपालिकाका नवराज न्यौपाने र देवदह नगरपालिकाका महेन्द्र ठाकुर म्यान अफ् द म्याच घोषित भए। भोलि शुक्रबार सेमिफाइनल अन्तर्गत बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकाबिच र देवदह नगरपालिका र मायादेवी गाउँपालिकाबिच खेलहरु हुने आयोजकले जनाएको छ। भोलि नै देवदह नगरपालिकाका जनप्रतिनिधी र देवदहमा क्रियाशील पत्रकारबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने बताइएको छ।