spot_img
spot_img
spot_img

सातौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव सुरु

spot_img

देवदह ।
रुपन्देहीको देवदहमा सातौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव सुरु भएको छ । बिहिवार लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले महोत्सवको शुभारम्म गर्नुभएको हो । देवदह र सुनवल क्षेत्रमा क्रियाशिल १५० बढी संघ संस्थाको बाजागाजा,झाकीँ,विशाल र्याली सहित महोत्सव सुरु भएको हो। महोत्सवको शुभारम्भ गर्दै लुुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले समग्र देवदहको विकासका लागी प्रदेश सरकारले गर्नुपर्ने सहयोगमा कुनै कसुर नराख्ने बताउनुभयो। देवदह बौद्ध कालिन इतिहास बोकेको धार्मिक तथा पर्यटकीय क्षेत्र समेत रहेकाले देवदहको विकासमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। सभामुख घर्तीले अनुदान खानकै लागी नक्कली कृषक बन्नेहरु हावी हुदाँ वास्तविक किसानहरु राज्यबाट पाउने सुविधाबाट बन्चित भएकाले त्यसको रोकथामका लागी सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो।

शुभारम्म कार्यक्रममा लुम्बिनी प्रदेशका सांसदद्वय जानकी न्यौपाने, आशिष चौधरी, पूर्व सांसद दिपा वि।क, देवदह नगरपालिकाका नगर प्रमुख धुब्र प्रसाद खरेल, उपप्रमुख विद्या लक्ष्मी गुरुङ,राजनीतिक दलका प्रतिनिधि, बिभिन्न संघ संस्थाका पदाधिकारी,जनप्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रम महोत्सव मूल आयोजक समिति संयोजक तथा उद्योग व्यापार संघ देवदहका अध्यक्ष मेघराज ढकालको अध्यक्षता तथा महासचिव थानेश्वर लम्साल र संचारकर्मी धना पन्थीको कार्यक्रम संचालनमा रहेको थियो ।
महोत्सवमा उद्योग, अटोमोबाइल, होटेल व्यवसाय, कृषि, मनोरंजन, विज्ञान प्रदर्शनी, जातिय पहिचानका विभिन्न स्टलहरु गरि २ सय वटा स्टल रहेका छन् । महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई ५० तथा विद्यार्थीलाई ४० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । भने उद्योग व्यापार संघ देवदहको आयोजनामा सुरु भएको महोत्सव १० फागुन सम्म चल्ने आयोजकले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img