spot_img
spot_img
spot_img

टर्की–सिरिया भूकम्प : सिरियाको विद्रोही नियन्त्रित क्षेत्रमा पहिलो पटक राहत सामग्री पुग्यो

spot_img

एजेन्सी ।
सिरियाको विद्रोही नियन्त्रित भूकम्प प्रभावित क्षेत्रमा पहिलो पटक राहत सामग्री पुगेको छ । गएको सोमवारको भूकम्पले तहसनहस बनाएको उत्तर–पश्चिमी क्षेत्रमा आज बिहीवार पहिलो पटक राहत सामग्री पुगेको बीबीसीले जनाएको छ । टर्कीबाट छ वटा लरीमा खाद्यान्न र लत्ताकपडा बोकेका गाडी सिरियाको विद्रोही नियन्त्रित क्षेत्रमा पुगेका खबरमा उल्लेख छ । यस क्षेत्रमा १ हजार ९ सय जना मानिसको ज्यान गएको अनुमान छ । विद्रोहीको कब्जाका कारण यस क्षेत्रमा राहत र उद्धारको काम हुन सकेको थिएन । सिरियामा ४१ लाख मानिस भूकम्पअघि नै मानवीय सहायताको पर्खाइमा रहेकोमा भूकम्पपछि जनजीवन झनै कष्टकर बनेको छ ।

टर्की र सिरियामा सोमवार गएको भूकम्पमा अहिलेसम्म १९ हजार ३ सयभन्दा धेरैको ज्यान गएको छ । भूकम्पका कारण भग्नावशेषमा पुरिएका मानिसहरूलाई जीवित भेट्ने आशा कम हुँदै गएको टर्की र सिरियाका अधिकारीहरूले जनाएका छन् । टर्कीका अधिकारीका अनुसार टर्कीमा मात्र ज्यान गुमाउनेको सङ्ख्या झन्डै १५ हजारभन्दा बढी पुगेको छ । अत्यधिक चिसोका कारण चौथो दिन पनि खोजीमा बाधा पुगेको छ । विज्ञहरूले जीवन बचाउने सबैभन्दा सम्भाव्य अवधिका रूपमा लिएको ७२ घण्टाको समय बितिसकेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img