काठमाण्डौ ।
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह नियुक्त हुनुभएको छ । आजै बिहीबार मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त हुनुभएको छ । प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि रावल नियुक्त भएको ३० दिनमै पदमुक्त हुनुभएको हो ।
तसर्थ सबैभन्दा ठूलो दलको नेताको हैसियतमा कमलबहादुर शाहलाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । अब शाहले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??