काठमाण्डौ ।
“भ्यालेन्टाइन डे” नजिकिँदै गरेको अवस्थामा सरकारले गुलाब फूल आयातमा प्रतिबन्ध लगाएको छ । फूलसँगै रोगका किरा वा जीवाणु आउने सम्भावना रहेकाले वनस्पतिजन्य रोगको जोखिमले तत्कालका लागि गुलाबको आयात रोक लगाएको सुचनामा जनाईएको छ । कृषि तथा पशुपक्षी मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले एक सूचना निकालेर उक्त जोखिमलाई मध्यनजर गर्दै गुलाबको फूल आयातमा केही समयका लागि प्रतिबन्ध लगाएको जानकारी दिएको हो । अर्को व्यवस्था नभएसम्म आयात अनुमति पत्र जारी नगर्न सबै कार्यालयलाई पत्रसमेत पठाएको केन्द्रको भनाई छ।
काँकडभिट्टा, भण्टावारी, विराटनगर, मलङ्गवा, जलेश्वर, वीरगञ्ज, तातोपानी, एअरपोर्ट, रसुवा, भैरहवा, कृष्णनगर, नेपालगञ्ज, गड्डाचौकी, लोमान्थाङ र बैतडीमा कार्यालयलाई गुलाबको आयात अनुमति नदिन केन्द्रले पत्र पठाएको हो ।