काठमाडौं ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपविजेता नेपाली टोली स्वदेश फिर्ता भएको छ । नेपाली टोली २३ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली बिमान बंगलादेशको फ्लाइटमार्फत शुक्रबार स्वदेश फर्किएको हो । नेपाल ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल स्टेडियममा बिहिबार सम्पन्न फाइनल खेलमा घरेलु टोली बंगलादेशसँग ३–० ले पराजित हुँदै उपविजेतामा सिमित भएको थियो ।
नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । प्रतियोगितामा सहभागी हुन नेपाली टोली १८ माघमा बंगलादेश प्रस्थान गरेको थियो ।