फर्साटीकर ।
रुपन्देहीको शुद्धोधन गाउँपालिका ४ सौ फर्साटीकर स्थित फर्साटीकर सिद्धार्थ ईङ्गलिस बोर्डिङ्ग स्कुलमा स्टुडेन्ट डे २०७९ कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थीहरुको अन्तरनिहित क्षमताको अभिवृद्धि प्रस्फुटन गराउने उद्देश्यले सञ्चालित कार्यक्रमले बिधार्थीहरुमा भएको अन्तरनिहित तथा नवीनतम क्षमताको विकास हुने विश्वास लिएको विद्यालयका सहायक प्रधानाध्यापक राजन पौडेलले बताउनुभयो।
कार्यक्रममा २०० भन्दा बढी विद्यार्थीहरुले राईम्स कविता, स्पिच, गायन, संगीत र नृत्य विधामा विभिन्न प्रतिभा देखाएका थिए। कार्यक्रममा Percussion Band को प्रस्तुती समेत रहेको थियो। त्यसै अवसरमा वर्षभरी संचालन गरिएका शुक्रबारिय अतिरिक्त क्रियाकलापका विजेता तथा उपविजेता बिधार्थीहरुलाई विभिन्न पदकहरुद्वारा सम्मान गरिएको थियो। विधार्थीहरुलाई सम्मान गर्दै विद्यालय व्यवस्थापन समितीका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सालिकराम अर्यालले स्कुलको पाठ्यपुस्तक भएका ज्ञानहरुमा निपुर्णता कायम गर्दै विभिन्न खेलकुदहरुमा पनि बिधार्थीहरुको कौशलता अनिवार्य रहनु पर्नेमा जोड दिनु भयो। यस्तै विशिष्ट अतिथी तथा शुद्धोधन गाउँपालिका वडा नं ४ का अध्यक्ष केशव अधिकारीले बिधार्थी देशका मुख्य कर्णधार भएको बताउनुभयो। नृत्य शिक्षक दुर्गा रानाको कोरियोग्राफीमा भएका नृत्य, शिक्षक जमुना पौडेलको निर्देशनमा वक्तृत्वकला, संगीत शिक्षक सगुन सुनारको निर्देशनमा संगीतका कार्यक्रम, शिक्षक मोना पराजुलीको निर्देशनमा तयार गरिएका बिधार्थीहरुका बिभिन्न प्रस्तुती भएको कार्यक्रममा १०० भन्दा बढी पदकहरुद्वारा बिधार्थीहरुलाई सम्मान गरिएको अतिरिक्त क्रियाकलाप संयोजक आशिष पौडेलले जानकारी दिनुभयो।
आइपी ब्याच २०७९ को लिडरसीप एवं कक्षा ९का विद्यार्थी सना थारुको अध्यक्षतामा सम्पन्न कार्उक्रममा विद्यार्थी दिया पाण्डे र प्रकृति पाण्डेले कार्यक्रम सञ्चालन गर्नु भएको थियो। यसैगरी कक्षा २ का अर्नव पौडेल, कक्षा ३ का दिप्सन सुवेदी र सिजु कुवँर, कक्षा ४ का अविरल पौडेल र नव्या खनाल, कक्षा ५ का आदित्य खनाल र सुमिना कुवँर, कक्षा ६ का अदित खनाल र महिमा चौधरीले समेत कार्यक्रमको सहजिकरण गर्नु भएको अतिरिक्त क्रियाकलाप संयोजक आशिष पौडेलले जानकारी दिनुभयो।