spot_img
spot_img
spot_img

देवदहमा जिल्ला स्तरिय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न: एभरेस्ट ईङ्लिस बोर्डिङ स्कुल प्रथम

spot_img

देवदह // रुपन्देहीको देवदहमा जिल्ला स्तरिय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। देवदह बुद्ध पब्लिक आवसिय मा.विको २१ औं वार्षिकोत्सबको अवसरमा आयोजित जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको हो।
विद्यार्थीको सोचन क्षमतालाई अभिवृद्धी गराउने उदेश्यले विगतका बर्षहरुमा पनि आयोजना हुदै आएको प्रतियोगिता यस बर्ष विद्यार्थीका पाठ्यक्रमलाई प्राथमिकतामा राखेर जिल्ला स्तरिय अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोतिमा आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक कृष्ण गैरेले जानकारी दिनुभयो।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि देवदह नगरपालिकाका नगर प्रवक्ता तथा देवदह नगरपालिका वडा नं ५ का वडा अध्यक्ष गणेश डुम्रेले विद्यार्थीहरुलाई घोकन्ते विद्या भन्दा बुझ्ने गरि पढ्न आग्रह गर्नुभएको थियो। उहाले हाजिरीजवाफ पनि विभिन्न कला मध्य एक अदभूत कला रहेको बताउनुभयो। उहाले सहभागी विद्यार्थीहरुलाई प्रतिस्पर्धाको मैदानमा होमिनु नै सफलताको प्रतिक हो भन्दै हौसला समेत दिनुभएको थियो।

सोही अवसरमा मन्तव्य नगर शिक्षा अधिकृत पर्शुराम ढकाल, विद्यालयका पुर्व व्यवस्थापन समिति अध्यक्ष तथा नगर शिक्षा समिति सदस्य चक्रपाणी तिवारी, हिसन रुपन्देही जिल्ला सचिव बाबुराम बञ्जाडे लगाएतले बोल्नु भएको थियो।

प्रतियोगितामा २३ विद्यालयम मध्य दोस्रो चरणमा प्यारामाउन्ट ईङ्लिस बोर्डिङ स्कुल, एभरेस्ट ईङ्लिस बोर्डिङ स्कुल, ज्ञानपुञ्ज बोर्डिङ स्कुल, स्कोलर्स होम ईङ्लिस बोर्डिङ स्कुल, न्यु होराईजन ईङ्लिस बोर्डिङ स्कुल, देवदह ईङ्लिस बोर्डिङ स्कुल प्रवेश गरेका थिए।

प्रतियोगितामा ७० अंक ल्याएर एभरेस्ट ईङ्लिस बोर्डिङ स्कुल प्रथम, ५५ अंक ल्याएर प्यारामाउन्ट ईङ्लिस बोर्डिङ स्कुल दोस्रो र ४५ अंक ल्याएर स्कोलर्स होम ईङ्लिस बोर्डिङ स्कुल तेस्रो स्थान हासिल गरेका थिए।

प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुनेलाइ क्रमश नगद १० हजार रुपैयाँ, ७ हजार र ५ हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष जयकिशन अधिकारीको अध्यक्षता,विद्यालयका प्रधानाध्यापक कृष्ण गैरेको स्वागत र शिक्षक ढुण्डीराज मरासिनीको सञ्चालनमा भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img