अनिल खत्री, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा वन क्षेत्रमा थप ५ प्रजातिका चरारहरु फेला परेका छन्। पंक्षी संरक्षण गुल्मीले जिल्लाको रेसुङ्गा क्षेत्रमा चरा सम्बन्धी अध्ययन गर्दै आएको छ।
जस अनुसार पछिल्लो पटक गरिएको अध्ययनमा कोटेरो मुनियाँ, तिलहरी चरा, चखेवाचखेवी, चञ्चले सुड्सुडिया, टुइँसी सुगा फेला परेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले बताउनु भयो। रेसुङ्गा क्षेत्रमा नेपालमा पाइने नेपालमा पाइने ८ सय ८६ प्रजातिका चरामध्ये ३५ प्रतिशत रहेको तथ्य फेला परेको छ । रेसुङ्गा क्षेत्रमा मात्र पाइने चराहरुको संख्या २५८ पुगेको छ।
यस अघि २५३ प्रजातिका चराहरु फेला परेका थिए। रेसुङ्गा क्षेत्रमा विश्वकै दुर्लभ चराहरु चीर, रणमत्त महाचील, सेतो गिद्ध, सुन गिद्ध, गोमायु महाचील, डंगर गिद्ध रहेका छन्।
रेसुङ्गा धार्मिक, ऐतिहासिक पर्यटकीय क्षेत्रसँगै चरा अबलोकनका लागि उत्कृष्ट गनतव्य बन्दै गएको छ। चरा सम्बन्धी अध्ययन गरिरहेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीले तयार गरेको रेसुङ्गा वन संरक्षण क्षेत्रमा पाइने चराहरुको पुस्तक बिमोचन गरिएको हो।
पुस्तकको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बिमोचन गर्नुभएको थियो। पुस्तक बिमोचन गर्दै नगरप्रमुख पन्थीले यसक्षेत्रको विकास र प्रचार प्रसारमा सबैको सहयोग अपरिहार्य रहेको बताउनु भयो।
रेसुङ्गा क्षेत्रको विकास हुनु जिल्लाकै निम्ति गौरव रहेको पन्थीले बताउनु भयो। पंक्षी संरक्षण गुल्मीले जिल्लाको रेसुङ्गा क्षेत्रमा चरा सम्बन्धी अध्ययन गर्दै आएको छ।
पुस्तकमा त्यस क्षेत्रमा पाइने चराहरु र त्यहाको अबस्थाको बारेमा उल्लेख गरिएको छ। रेसुङ्गा क्षेत्रमा नेपालकै लोपउन्मुख प्रजातीका चराहरु फेला परेता पनि त्यसको संरक्षणमा सबैपक्षको सहयोगको खाचो रहेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले बताउनु भयो।