spot_img
spot_img
spot_img

कञ्चनमा भएको महाशिवपुराण ज्ञान महायज्ञमा कथा सुन्ने भक्तजनहरुको घुईचो

spot_img

कञ्चन ।

देशमा दिगो शान्तीको कामनार्थ तथा १०८ शिवलिङ्ग स्थापना गर्ने उद्धेश्यका साथ रुपन्देहीको कञ्चनमा माघ २५ गते देखि सञ्चालन भएको श्री शिवमहापुराण तथा धनधान्याञ्चल ज्ञानमहायज्ञमा संगितमय कथा सुन्न कञ्चन र कञ्चनसंग जोडिएका बिभिन्न गाउँहरुबाट भक्तजनहरुको घुईचो लागेको छ। ॐ श्री महा रुद्रेश्वर त्रिनेत्र धाम कञ्चन ४, बुद्धनगर सामुदायिक टोल रुपन्देही र त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, काठमाण्डौको आयोजनामा सञ्चालन भएको ज्ञानमहायज्ञमा दान गर्ने भक्तजनहरुको समेत संख्या बढदै गइरहेको छ। ॐ श्री महा रुद्रेश्वर त्रिनेत्र धाम कञ्चन ४, बुद्धनगर सामुदायिक टोल रुपन्देही व्यबस्थापन समितिका सचिव युवराज पुरीले दिनु भएको जानकारी अनुसार धामले अपेक्षा नगरेको दान प्राप्त भइरहेको र दान गर्ने भक्तजनहरुको संख्या बाँकी २ दिनमा अझ बढ्ने अनुमान गरिएको छ।

महायज्ञ शुरु भएको २३ दिन सम्म त सुनसान जस्तै भएको यज्ञस्थलमा चौथो दिनबाट भक्तजनहरु आउने क्रम बढ्दै गएको सचिव युवराज पुरीले बताउनु भयो। महिला उद्यकशिलता कार्यक्रम सञ्चालन, ध्यान केन्द्र सहितको धर्मशाला भवन निर्माण समेत गर्ने उद्धेश्य रहेको श्री शिवमहापुराण तथा धनधान्याञ्चल ज्ञानमहायज्ञमा दान दक्षिण संकलन गर्न नभई धाम निर्माण भएपछि अनिवार्य रुपमा सञ्चालन गर्नु पर्ने बिभिन्न यज्ञ,मेला र पुजापाठ अन्तर्गत धनधान्याञ्चल ज्ञानमहायज्ञ सञ्चालन गरिएको ॐ श्री महा रुद्रेश्वर त्रिनेत्र धाम कञ्चन ४, बुद्धनगर सामुदायिक टोल रुपन्देही व्यबस्थापन समितिका अध्यक्ष विजय कुमार श्रेष्ठले जानकारी दिनुभयो। प्रमुख वाचक पण्डित श्रीकृष्ण मुकुण्द शरण भुषाल र उप वाचक सुकदेव अधिकारीबाट संगितमय कथा प्रवचन भइरहेको ज्ञानमहायज्ञमा राष्ट्रियस्तरका कलाकारहरुद्वारा अमृतमय भक्ती संगित तथा भजन गायन भइरहेको छ।

श्री शिवमहापुराण तथा धनधान्याञ्चल ज्ञानमहायज्ञमा तन, मन, धन, तथा श्रद्धा भक्तिभावका उपस्थित भई भक्तजनहरुद्वारा अमृतमय प्रवचनको आनन्द लिई स्वःस्फुर्त रुपमा चन्दा दान प्राप्त भइरहेको सचिवालयका ससे भारतीले जानकारी दिनुभएको छ। यज्ञबाट संकलित रकमले समाजमा परोपकारी सेवाको लागि एम्वुलेन्स खरिद गर्ने, समाजमा फैलिएको बिकृति र बिसंगती न्युनिकरण गर्न विविध कार्यक्रम सञ्चालन गर्ने, काष्ठकलामा आधारित पित्तलको छाना सहितको भगवती माताको मन्दिर निर्माण गरिने ॐ श्री महा रुद्रेश्वर त्रिनेत्र धाम कञ्चन ४, बुद्धनगर सामुदायिक टोल रुपन्देही व्यबस्थापन समितिका उपाध्यक्ष देवि गिरीले जानकारी दिनुभएको छ। ज्ञानमहायज्ञ फागुन ६ गतेसम्म सञ्चालन हुनेछ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img