फागुन ६, रुपन्देही। सातौं देवदह महोत्सवमा प्रस्तुति दिन भोलि आइतबार लोक गायक बद्री पंगेनी आउने भएका छ्न् । महोत्सवका सांस्कृतिक उपसमिति संयोजक प्रशान्त गैरेले फागुन ७ गते आइतबार लोक गायक पंगेनी संगै लोक लायिका मन्जु पौडेल र जनवादी गायक जिवन शर्माको प्रस्तुति रहने जानकारी दिए ।
फाल्गुन १० गतेसम्म संचालन हुने मेलामा लुम्बिनी प्रदेशका विभिन्न पर्यटकीय स्थलको फोटो प्रदर्शनी, सङ्गितिक प्रस्तुति, जातीय पहिचान झल्काउने मौलिक घर सहितको विभिन्न परिकार तथा स्वास्थ्य शिविर संचालन भैरहेका छन् ।
१५० स्टल र बालउद्यान समेत रहेको मेला मेला अवलोकनका लागि सर्वसाधारणलाई ५० तथा विद्यार्थीलाई ४० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । जेष्ठ नागरिक र शारीरिक अशक्त नागरिकले भने नि:शुल्क प्रवेश पाउनेछन्।
यता महोत्सवमा अवलोकन गर्ने दर्शकहरु पनि बढ्न थालेका छन् । सुरुवाती केही दिनहरुमा दर्शकहरूको कम उपस्थिति भएपनि महोत्सव सकिने मिति नजिकिदै गर्दा अवलोकन गर्नेको सख्या बढ्न थालेको आयोजकले जानकारी दिएको छ ।
महोत्सवमा १ लाख दर्शकले अवलोकन गर्ने र १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको महोत्सव मूल समारोह समितिका संयोजक एवं देवदह व्यापार संघ देवदहका अध्यक्ष मेघराज ढकालले बताए।