spot_img
spot_img
spot_img

उपाध्यक्ष मशहूदले अर्थमंत्री र शिक्षा सचिवलाई बुझाए ज्ञापनपत्र

spot_img

अजय मिश्र, कपिलवस्तु ।

लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली सहितको टोलीले  उपप्रधानमंत्री तथा अर्थ मंत्री बिष्णु प्रसाद पौडेल तथा शिक्षा सचिव राम कृष्ण सुवेदीलाई भेटेर मदरसा व्यवस्थापन बारे ज्ञापनपत्र दिएका छन् । मदरसामा पढाउने शिक्षक लाई प्रक्रिया पुर्याई दरबन्दी स्थापना गरि स्वत: स्थायी गर्नुपर्ने तथा नेपाल सरकारले मदरसामा दिदै आएको बार्षिक अनुदान रकम दुइ लाख एक्चालिस हजारबाट बढाएर दश लाख दिनुपर्ने प्रमुख माग सहित ज्ञापन पत्र दिइएको लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खांले जानकारी दिएका छन् ।
उप प्रधानमंत्री तथा अर्थमंत्री बिष्णुप्रसाद पौडेलले मदरसा व्यवस्थापन बारे आफू सकारात्मक रहेको तथा मदरसाका सवालमा उचित व्यवस्थापन गरि मदरसाको समस्या समाधान गरिने आश्वासन दिनुभएको उपाध्यक्ष मशहूदले जानकारी दिए। उपाध्यक्ष खां सहित राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की तथा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति सल्लाहकार मेघनाथ ढकाल सहितले उप प्रधानमंत्री तथा अर्थ मंत्री र शिक्षा सचिव राम कृष्ण सुवेदी लाई भेटेर मदरसा व्यवस्थापन बारे ध्यानाकर्षण गराएका थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img