कञ्चन ।
रुपन्देहीको कञ्चन गाउँपालिकाले आयोजना गरेको पाचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा ४ स्वर्ण पदक सहित प्रगती नमुना माध्यमिक विद्यालय, कञ्चन १ बेलबरिया अग्रस्थानमा रहेको छ। यही फागुन ७ गते देखि शुरु भएको सो प्रतियोगितामा प्रगतीले ४ स्वर्ण, १ रजत र २ काश्य पदक प्राप्त गरेको छ। यस्तै बालकल्याण आधारभुत बिद्यालय ३ स्वर्ण सहित अंक तालिकामा दोश्रो स्थानमा रहेको पाचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका सचिवालय संयोजक डोलाराम पौडेलले जानकारी दिनु भएको छ। सचिवालय संयोजक पौडेलले दिनु भएको जानकारी अनुसार बुद्धदीप बोर्डिङ्ग स्कलले २ स्वर्ण ३ रजत र ३ काश्य प्राप्त गरेको छ। हिजो सोमवारसम्म माध्यमिक बिद्यालय र आधारभुततर्फ १०० मिटर दौड, ८०० मिटर दौड, २०० मिटर दाौड, बिभिन्न इभेन्ट्सका रिले दौड, शटपुट तथा ज्याभलिन थ्रो लगायत खेलहरु सम्पन्न भएको छ।
सामुदायिक र संस्थागत बिधालय गरी कञ्चनका ३० बिद्यालयहरुले सहभगिता जनाएको खेलमा भलिवल, करांते, टेक्वाण्डो, एथलेटिक्स, कवर्डी, शटपुट तथा ज्याभलिन थ्रो, हाईजम्प, लङ्गजम्प गरि बिभिन्न इभेन्ट्सहरुमा गरी कबिर १ हजार २ सय बिधार्थीहरुले ३ सय १६ पदकका लागि प्रतिस्पर्धा गर्ने शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रमेश भुसालले जानकारी दिनुभएको छ। ४ दिनसम्म सञ्चालन हुने यस प्रतियोगितालाई चौंथो संस्करकण सम्म कञ्चन प्रतिभा सप्ताहको रुपमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता संचालन गरिदै आएको थियो। रुद्रपुर माध्यमिक बिद्यालयको खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा हालसम्म सरस्वती मावि, रुद्रपुर मावि, जनज्योती मावि अक्सफोर्ड मोर्डन,हरैया मावि,भैसाही माविले १-१ स्वर्ण पदक प्राप्त गरेका छन। प्रतियोगिताको समापन भोली फागुन १० गते समापन हुनेछ।
कञ्चनमा जारी राष्ट्रपति रनिङ्ग शिल्ड : ४ स्वर्ण सहित प्रगति नमुना मावी अग्रस्थानमा
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??