spot_img
spot_img
spot_img

संस्कार र संस्कृतिलाई पर्यटनसंग जोड्नुपर्छ- मन्त्री जुग्जाली

spot_img

कौरब खत्री, बाग्लुङ ।

संस्कृति संरक्षण मञ्च गलकोट नगरपालिका ८ कांडेबास बागलुङको २२औं बार्षिकोत्सव मंगलबार सम्पन्न भएको छ । हाम्रो संस्कृति हाम्रो गौरवु भन्ने मुल नारा सहित सम्पन्न बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले संस्कार र संस्कृतिलाई पर्यटनसंग जोड्नु पर्ने बताउनुभयो । मन्त्री जुग्जालीले नेपालमा कला संस्कृतिलाई अर्थतन्त्रसग जोड्नु पर्ने भन्दै पोखरा आउने पर्यटकहरूलाई ढोरपाटन र घुम्टे लगायतका ठाउँहरूमा ल्याउनु पर्नेमा जोड दिनुभयो । सोही बार्षिकोत्सव अवसरमा गण्डकी प्रदेश सभा सदस्य जीत बहादुर शेरचनले फरक पहिचान बोकेको हाम्रो देशमा अनेकौं मौलिकताहरू रहेको र सबैभन्दा ठुलो सम्पत्ति भनेको संस्कार र संस्कृति, परम्परा भाषाभाषी र धर्म रहेको बताउनुभयो ।

प्रदेश सभा सदस्य शेरचनले यस क्षेत्रको समस्या आफ्नो समस्या भएको भन्दै आफुले सक्दो सहयोग प्रतिबद्धता जनाउनु भएको थियो । त्यस्तै बार्षिकोत्सव गत ५ फागुन देखि शुरू भएको वार्षिकोत्सव कार्यक्रममा खुल्ला पुरूष फुटबल प्रतियोगिता तर्फ न्यू स्पोर्ट्स गलकोट नगरपालिका ११ बागलुङ समुह ए प्रथम भई नगद ८० हजार रुपैया सहित कप, मेडल र प्रमाणपत्र हात पारेको छ । संस्कृति संरक्षण मञ्च बागलुङ ९ह्वाइट०ले नगद ५० हजार रुपैया सहित कप मेडल र प्रमाणपत्र सहितको द्वितीय पुरस्कार हात पारेको छ । यसैगरी खुल्ला पुरूष भलिबल प्रतियोगिता तर्फ रूस्दी युवा क्लव हरिचौर बागलुङले नगद ५० हजार रुपैया सहित कप मेडल र प्रमाणपत्र सहित प्रथम पुरस्कार हात पारेको छ भने ट्रावल इनक्वारी काठमाडौले नगद ३० हजार रुपैया तथा कप मेडल र प्रमाणपत्र सहितको द्वितीय पुरस्कार हात पारेको छ ।

बार्षिकोत्सवकै अवसरमा आयोजित खुल्ला रेकर्ड डान्स प्रतियोगिता तर्फ द कल्चरल डान्स एकेडेमी काडेबास बागलुङ प्रथम, रूस्दी युवा क्लव सिमलबोट बागलुङ द्वितीय र रोट्याक्ट क्लव अफ गलकोट बागलुङ तृतीय भएको छ। डान्स प्रतियोगितामा विजेता समुहहरूलाई नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा गलकोट नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तेज प्रकाश सापकोटा, वडा न।३ का पुर्व वडाअध्यक्ष वीरजङ्ग भण्डारी, मञ्चका बरिस्ठ सल्लाहकार रेशम बुढाथोकी लगायत जनप्रतिनिधि, समाजसेवी, खेलाडी, कलाकार, पत्रकार, समाजसेवी लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा चर्चित लोक दोहोरी कलाकार रेशम निर्दोष, ईश्वर सिंह, बिमता घर्ती, मगर,रमिला बुढामगर लगायत स्थानीय कलाकारहरू सास्कृतिक प्रस्तुती रहेको कार्यक्रममा गलकोट नगरपालिका वडा न। २ का वडाअध्यक्ष हिम बहादुर भण्डारीले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रम संस्कृति संरक्षण मञ्चका अध्यक्ष पदम सलामीको अध्यक्षता तथा मञ्चका सल्लाहकार तेजिन्द्र बहादुर बुढाथोकीको स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन मञ्चका सचिव सुरेन्द्र छन्त्याल र मञ्चका सदस्य मोतिकला थापा गर्नुभएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img