spot_img
spot_img
spot_img

नगरस्तरीय अन्तर मावि भलिबल प्रतियोगिताको उपाधि एशियनलाईटलाई

spot_img

झविन्द्र देवकोटा, बुटवल।

रुपन्देहीको देवदहमा संचालित देवदह नगरस्तरीय माध्यमिक विद्यालय तह छात्र भलिवल प्रतियोगिताको उपाधि एशियनलाईट बोर्डिङ स्कुलले जितेको छ । देवदह ईङलिस बोर्डिङ स्कुलले आफनो स्थापनाको २७ औं बार्षिकोत्सव तथा रजत वर्ष महोत्सवको अवसरमा आयोजित भलिवल प्रतियोगिताको उपाधि एशियनलाईटले हात पारेको हो । फाईनल खेलमा एशियनलाईट बोडिङ्ग स्कुलले देवदह मदरटङ्गस एकेडेमीलाई ३–१, को सेटमा पराजित गर्दै उपाधि कब्जा गर्यो । उपाधिसँगै एशियनलाईटले ५ हजार नगद, शिल्ड तथा प्रमाणपत्र हात पारेको हो । प्रतियोगिता द्वितीय बनेको देवदह मदरटङ्गस एकेडेमीले ३ हजार नगद, शिल्ड तथा प्रमाणपत्र हात पार्यो । उसले कोलिय बोर्डिङलाई हराएर फाईनलमा प्रवेश गरेको हो ।

यस्तै प्रतियोगिता कोलिय बोडिङ्ग स्कुल तृतिय बनेको छ । आयोजक देवदह बोडिङ्ग स्कुललाई २५–८, १५–५ मा हराउदै तृतीय बनेको हो । उसले नगद २ हजार सहित शिल्ड तथा प्रमाण पत्र प्रास्त गरेको खेल संयोजक अर्पण पौडेलले जानकारी दिनुभयो । देवदह ईङ्गलिस बोडिङ्ग स्कुलले २७ औं बार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रम गरेको छ । यसैबीच रजत महोत्सवकै अवसरमा विद्यालयले आज बुधबार अभिभावक खेलकुद तथा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको सहप्राचार्य मनबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार अभिभावक कुर्चि रेशमा पुजा न्यौपाने प्रथम, मिना खरेल द्वितीय र इन्दु गुरुङ तृतीय हुनु भयो । यस्तै हन्डी फोरमा कुमार थापा मगर प्रथम, चन्द्र अधै द्वितीय र नुमाकान्त सापकोटा तृतीय बन्नुभयो भने धागो र सुई दौडमा राधिका भण्डारी प्रथम, सुस्मीता न्यौपाने द्वितीय र उमा अधिकारी तृतिय भएको सहप्राचार्य क्षेत्रीले जानकारी दिनुभयो ।

देवदह बोर्डिङको रजत महोत्सवमा अभिभावक खेलकुद तथा निःशुल्क स्वास्थ्य शिविर:

बुधबार नै भएको निःशुल्क स्वास्थ्य शिविरमा २२९ जनाले मधुमेहको परिक्षण गरेको र ९२ जनाले दन्त परीक्षण गराएको विद्यालयले जनाएको छ । सप्ताहव्यापि कार्यक्रम अन्तरगत फागुन ६ गते सरसफाई तथा डस्टविन वितरण कार्यक्रम, ७ गते पुर्व विद्यार्थी तथा शिक्षक पुर्नमिलन कार्यक्रम, ८ गतेदेखि देवदह स्तरिय मावि तह छात्र भलिबल प्रतियोगिता, १० गते अभिभावक खेलकुद प्रतियोगिता तथा स्वास्थ्य शिविर, ११ गते पुरस्कार वितरण तथा सांस्कृति कार्यक्रम र १२ गते मूल समारोहको आयोजना गरिएको संस्थापक प्राचार्य विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । शुक्रबार हुने मुल समारोहको सामाजिक मन्त्री चन्द्रकेश गुप्ता ९सिके० ले उद्घाटन गर्नु हुने कार्यक्रम रहेको र मुल समारोहमा सांसद आशिसकुमार चौधरी, जानकी न्यौपाने, निर्मला चौधरी लगायतको आतिथ्यतामा कार्यक्रम हुने पौडेलले जानकारी दिनुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img