spot_img
spot_img
spot_img

डीआईजी अशोक सिंहद्वारा पदबाट राजीनामा

spot_img

काठमाण्डौ ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले पदबाट राजीनामा दिनुभएको छ। सिंहको जन्म मितिको विवादित विषय भर्खरै सार्वजनिक भएको थियो। त्यस विषयमाथि छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। त्यही विषयमा उहाँले राजीनामा दिएको अनुमान गरिएको छ । तर यकिन कारण भने खुलिसकेको छैन ।

सिंहले आज प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाउनुभएको केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलले बताउनुभयो । प्रहरी प्रवक्ता पोखरेलले घरायसी कारण उल्लेख गरेर सिंहले राजीनामा दिएको उल्लेख रहेको बताउनुभयो । उहाँ अहिले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img