बुटवल ।
कपिलवस्तुको शिवराज नगरपालिकामा ६४ वर्षीय बृद्धको हत्या भएको छ। शिवराज १० शितलापुरमा छोराले आफ्नै बुवाको हत्या गरेका हुन । शितलापुर बस्ने मगरे पासी बुधबार बिहान आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। घटना शंकास्पद देखेपछि प्रहरीले अनुसन्धानका लागि मृतकको छोरा ३० वर्षीय मग्निराम पासी र २६ वर्षीय बुहारी मिमा पासीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिनुभयो।
मंगलबार विहान ११ बजे पसलबाट घरमा खाना खान गएको समयमा छोराले आफ्नै श्रीमतीसँग बुवालाई नग्न अवस्थामा देखेपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानमा बयान प्राप्त भएको प्रहरीले जनाएको छ। श्रीमतिलाई नग्न अवस्थामा देखे पश्चात बाबुको हत्या गरेको र सोही दिन (मंगलबार) राती ११ बजे डोरीमा बांधी झुण्ड्याएको भनि आरोपितले बयान दिएका हुन। घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।