spot_img
spot_img
spot_img

इजिप्टको मध्य प्रान्त मिन्यामा पुरातन युगका चिहानहरू फेला

spot_img

एजेन्सी ।

इजिप्टको मिन्यामा पुरातन युगका चिहानहरू फेला परेका छन् । संयुक्त इजिप्टियन स्पेनिस पुरातात्विक मिसनले माथिल्लो इजिप्टको मध्य प्रान्त मिन्यामा रोमन, पर्शियन, बाइजान्टिन र कप्टिक युगका ३२ वटा चुनढुङ्गा चिहान फेला पारेको इजिप्टको पुरातात्विक मन्त्रालयले जनाएको छ । पुरातात्विक मन्त्रालयले जारी गरेको विज्ञप्तिमा माथिल्लो इजिप्टको इतिहासको बारेमा रहस्यहरू खोतल्नका लागि यो खोज अत्यन्तै महत्वपूर्ण भएको उल्लेख छ ।

पुरातन वस्तुहरूको सर्वोच्च परिषद्का अध्यक्ष मुस्तफा वजिरीले रोमन युगका चिहानहरूमा कुनै ढक्कन वा पाण्डुलिपिहरू नभेटिएको तर कप्टिक–युगहरूका आयताकार प्वालहरू भेटिएका र माटाका थुप्रै टुक्राहरू फेला परेको जानकारी दिनुभएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img