spot_img
spot_img
spot_img

विश्वव्यापी सम्पत्ति शुद्धीकरण विरोधी निगरानी संस्था एफएटीएफद्वारा रुसको सदस्यता निलम्बन

spot_img

एजेन्सी ।

विश्वव्यापी सम्पत्ति शुद्धीकरण विरोधी निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स ९एफएटीएफ० ले रूसको सदस्यता निलम्बन गरेको छ । समूहले विज्ञप्ति निकालेर रूसीको कदम एफएटीएफको आधारभूत सिद्धान्तको विपरीत रहेको पाइएकाले कारबाही अघि बढाइएको बताएको समाचारसंस्था एएफपीले जनाएको छ । युक्रेनमा भइरहेको रूसी आक्रमणलाई लिएर रुसको सदस्यता खारेज भएको हो । पेरिसमा पाँच दिनसम्म चलेको बैठकपछि एफएटीएफले नाइजेरिया र दक्षिण अफ्रिकालाई निगरानी बढाउने देशको सूचीमा समावेश गरेको छ ।

एफएटीएफले २ सयभन्दा बढी देश र क्षेत्राधिकारका लागि मापदण्ड निर्धारण गर्दछ र अधिकारीहरूलाई लागुऔषध तस्करी, मानव तस्करी र आतङ्कवाद जस्तागम्भीर अपराधहरूको सामना गर्न मद्दत गर्छ। रूस युरोपेली परिषदबाट पनि निष्कासित भइसकेको छ भने संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार परिषदबाट निलम्बित भएको छ । रुसले युक्रेनमा आक्रमण सुरु गरेको हिजो एक वर्ष पूरा भएको छ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img