spot_img
spot_img
spot_img

स्थानिय सरकार जनमैत्री हुनुपर्नेमा जोड

spot_img

सोनु थापा, बुटवल ।

बुटवलमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले स्थानिय सरकार जनमैत्री हुनुपर्नेमा जोड दिएका छन् । पत्रकार स्व. देव बहादुर पाटामगरको चौधौं स्मृति दिवसमा आइतबार बुटवलमा आयोजित ‘स्थानिय सरकार र आदिवासी जनजातिका सवाल‘ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन् । वक्ताहरुले स्थानिय सरकारले आदिवासी जनजाति, दलित, महिला र फरक क्षमता भएकाहरुको उत्थान र सशक्तिकरणमा प्रयाप्त वजेट विनियोजन र कार्यक्रमका लागि ध्यान नदिएको गुनासो गरेका हुन। अन्तरकृया कार्यक्रममा बोल्दै ओमसतिया गाउँपालिकाका उपाध्यक्ष सुनिता चौधरीले आदिवासी जनजाति, दलित, महिला र फरक क्षमता भएका वर्ग र समुदायका उत्थानका लागि ओमसतीया गाउँपालिका प्रतिबद्ध रहेको बताउनु भयो। आगामी दिनहरुमा अझ विशेष ध्यान दिनेबताउदै उपाध्यक्ष चौधरीले स्थानिय सरकारले आदिवासी जनजाति, महिला र फरक क्षमताका व्यक्ति र समुदायका सवालमा नजरअन्दाज गर्न नहुने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका केन्द्रिय उपाध्यक्ष सरु राना, लुम्विनी प्रदेश इन्चार्ज मिलन गाहा, नेपाल आदिवासी जनजाति महासंघ रुपन्देहीका उपाध्यक्ष इन्द्र राई, नेपाल मगर संघ रुपन्देहीका अध्यक्ष आन बहादुर सोती मगर, नेपाल छन्त्याल संघ रुपन्देहकिा अध्यक्ष भरत छन्त्याल, नेपाल आदिवासी जनजाति महासंघ तिलोत्तमा नगर समन्वय परिषद्का उपाध्यक्ष दुर्गा प्रसाद क्षेष्ठ, नेपाल मगर संघ बुटवल उपमहानगर समितिका अध्यक्ष बसन्ती साठीघरे, सामाजिक अभियन्ता तथा अधिवक्ता बालकिशोर राना लगायतले समेत आदिवासी जनजाति, दलित, महिला र फरक क्षमता भएका वर्ग र समुदायका उत्थानका लागि स्थानीय सरकारहरुको भुमिका महत्वपुर्ण र जिम्मेवार हुनुपर्नेमा जोड दिनु भएको थियो।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीका अध्यक्ष सनु थापाको अध्यक्षतातामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष प्रेम थापाले स्वागत गर्नु भएको थियो भने सचिव राज चौधरी र सहसचिव आकृति थापाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
बुटवलबाट प्रकाशित राज्यसत्ता साप्ताहिकमा सम्पादकको जिम्मेवारी निभाएका स्व. देव बहादुर पाटा मगरको वि.स. २०६५ साल फागुन १४ गते बुटवल लखनचोक चौराहमा सडक दुर्घटनामा परि निधन भएको थियो । स्व. पाटा फोनिज रुपन्देहीका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img