spot_img
spot_img
spot_img

कञ्चनमा मलाह तथा पानी बिरालोको संरक्षणका लागि समुदायसंग अन्तरकृया

spot_img

कञ्चन ।

रुपन्देहीको कञ्चनमा सिमसार तथा सिमसारमा आश्रीत मलाहा बिरालो संरक्षणका लागि समुदायसंग अन्तरकृया तथा सचेतना कार्यक्रम गरिएको छ। कञ्चन गाँउपालिका वडा नं ३ को वडा कार्यलयमा गरिएको अन्तरकृया कार्यक्रममा प्राकृतिक जैविक विविधताको सन्तुलन कायम गर्न मलाह बिरालोको संरक्षण र सम्बद्र्धन गर्नुपर्नेमा जोड दिइएको हो । त्रिभुवन विश्व विद्यालयबाट वातावरण विज्ञानमा विद्यावारिधि अध्ययनरत विधार्थी प्रतिभा कसपालले प्राकृतिक जैविक विविधताको सन्तुलन कायम गर्नमा सहायक सिद्ध मलाहा विरालो विश्वमै खतरा उन्मुख भइरहेको अवस्थामा त्यसको संरक्षणका लागि सन २०१० बाट अध्ययन अनुसन्धानको शुरुवता भएको उल्लेख गर्नुभयो। भ्यागुता, मुसा, छुचुन्द्रा, सर्प खाइदिएर हाम्रो अन्नवाली र माछा पोखरीको समेत हेरचाह गर्ने, ताल तलैया तथा नदीहरुका बारेमा जानकारी दिने सूचक प्रजाती भएकोले हाम्रो स्वास्थ्य र जिवनसंग प्रत्यक्ष असरबारे बेलैमा सूचना गरी सचेत गराउने भएकोले मलाहा विरालोको संरक्षण अपरिहार्य रहेको कसपालले जानकारी दिनुभयो।

मलाह बिरालोको संरक्षणले गर्दा यसको प्राकृतिक बासस्थानको अवलोकन तथा अध्ययन अनुसन्धानबाट त्यस क्षेत्रको पर्या पर्यटन प्रबद्र्धन गरी स्थानीय समुदायको जिविकोपार्जन र बिकासमा टेवा पुर्याउनमा महत्वपुर्ण भुमिका खेल्ने कसपालले उल्लेख गर्नुभयो। झट्ट हेर्दा घर पालुवा विरालो जस्तो देखिए पनि जंगलमा पाइने ५ प्रकारका शरिरमा कालो फुस्रो धव्वा हुने बिरालो मध्ये मलाहा सबैभन्दा ठूलो बिरालो हो। बिशेषगरी एशियाली महादीपको दक्षिण पुर्वी भुभागका नेपाल, बंगलादेश, कम्बोडिया, भुटान, पाकिस्तान, श्रीलंकाल लगायत ८ एशियाली देशहरुमा पाइने मलाह बिरालो बन्यजन्तु संरक्षण क्षेत्रहरु कोशी, चितवन, बर्दिया, शुक्लाफाँटामा पाइने गर्दछ। बिशेषगरी सिमसार क्षेत्रहरुमा यसको मुख्य बासस्थान हुने भए पनि घाँसे मैदान र जंगलहरुमा पनि यसको बासस्थान रहेको छ। स्थानीय आदीवासी पट्थरकट्ट र नेतुवा जातीहरुको भाषामा मलाहा विरालोलाई मछडिया भन्ने गर्दछन छन। मलाह बिरालोको संरक्षणबारे उल्लेख गर्दै त्रिभुवन विश्व विद्यालयका कसपालले सिमसार क्षेत्रहरुको संरक्षण र प्राकृतिक माछाहरुको शिकार गर्नमा बन्देज गर्न सकिएको अवस्थामा मात्र मलाहा विरालोेको उचित संरक्षण हुने उल्लेख गर्नु भयो। प्राकृतिक रुपमा करिब १० देखि १२ बर्ष सम्मको उमेर भएका मलाहा विरालोलाई थुनेर राखेको अवस्थामा १६ बर्ष सम्म बाच्न सक्ने एक अध्ययनले जनाएको कसपालले बताउनु भयो। आइ यू सि एनका अनुसार खतराउन्मुख बिरालोको रुपमा सुचिकृत यस विरालोलाई नेपालले संकटापन्न जनावरको रुपमा वर्गिकृत गरको छ।

मलाहा विरालोको संरक्षण गर्नु पर्ने उद्धेश्य नै प्राकृतिक जैविक विविधतालाई सन्तुलन कायम गर्न र पर्या पर्यटन प्रबद्र्धन गरी स्थानीयहरुको जिविकोपार्जनमा सहायक सिद्ध बनाउन आफुले वातावरणिय बिज्ञान अन्तर्गत मलाह विरालोबारे विद्यावारिधीको क्रममा अध्ययन र अनुसन्धान गरेको कसपालले बताउनु भयो। कार्यक्रममा वडा नं ४ का वडाअध्यक्ष तथा प्रमुख अतिथि केशर बहादुर खत्रीले मलाह विरालोेको बारेमा जान्न बुझ्न र सिक्न पाएकामा आफु खुशी भएको बताउदै आगामी बर्षहरुमा मलाह विरालोको महत्व र सचेतना कार्यक्रमका लागि आवस्यक बजेट व्यबस्थान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो। यस्तै कार्यक्रममा ईलाका प्रहरी कार्यलय, रुद्रपुरका प्रहरी निरीक्षक राजाराम यादव, वडा सचिव चोलाकान्त पाण्डे लगायत वक्ताहरुले मलाहको बिरालोको संरक्षणबारे बिद्यालयहरुमा सचेतना कार्यक्रमहरुलाई अगाडी बढाउन आवस्यक को बताउनुभयो।

कञ्चन गाँउपालिका वडा नं। ३ का अध्यक्ष टिकाराम सापकोटाले कार्यक्रमको समापन गर्दै गाउँघरमा मलाह विरालोबारे केही जानकारी नभएका कारण बन विरालोको रुपमा बुझ्दै आएको यसको महत्वबारे कम मात्र ज्ञान भएका कारण संरक्षणमा बेवास्ता भएको बताउनु भयो। कञ्चन गाउापालिका वडा नं। ३ को समन्वयमा संरक्षणका लागि महिलाको आयोजना तथा सिकागो जुलोजिकल सोसाइटी, मलाह विरालो संरक्षणको प्रायोजनमा समपन्न कार्यक्रममा स्थानीय समुदाय र बिभिन्न संघसंस्थाका प्रतिनीधिहरुको सहभागिता रहेको थियो । अन्तरकृया कार्यक्रमको मिडियम पार्टनर स्थानीय सञ्चार गृह रेडियो कञ्चन रहेको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img