spot_img
spot_img
spot_img

टर्की भूकम्प : भवन भत्किएपछि ६०० भन्दा बढी ठेकेदार र मालिकको खोजी, थुप्रै पक्राउ

spot_img

एजेन्सी ।

टर्की सरकारले फेब्रुअरी ६ मा आएको भूकम्पमा भत्किएका भवनहरूका लागि अहिले ६०० भन्दा बढी व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ। न्याय मन्त्री बेकिर बोजडागले शनिबार भवन निर्माण ठेकेदार र मालिकहरू सहित १८४ संदिग्धहरूलाई पहिले नै पक्राउ गरिएको जानकारी दिए । वर्षौँदेखि विशेषज्ञले भ्रष्टाचार र सरकारी नितिका कारण थुप्रै नयाँ भवन असुरक्षित भएको चेतावनी दिँदै आएका थिए तर यसमाथि ध्यान दिइएन । टर्की र सिरियामा गएको ७.८ म्याग्निच्युडको भूकम्पमा मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ ।
दुई हप्ता अघि, अधिकारीहरूले भने कि उनीहरूले त्यस्ता व्यक्तिहरू विरुद्ध ११३ गिरफ्तारी वारेन्ट जारी गरेका छन् । टर्कीका मिडियाका अनुसार पक्राउ पर्नेमा एक सहरका मेयर पनि छन् । यो त्यो शहर हो जुन सबैभन्दा बढी भूकम्प प्रभावित इलाकाको नजिक छ । भूकम्पपछि टर्कीमा १६ हजारभन्दा बढी भवन भत्किएका छन् । यस्तै, विपक्षी पार्टी र निर्माण विज्ञले राष्ट्रपति रेचेप तैय्यप सरकारले नियम खुकुलो पारेको आरोप लगाएका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img