spot_img
spot_img
spot_img

यू–१९ एसिया विश्वकप छनोटमा नेपालको लगातार चौथो जित

spot_img

 काठमाडौं ।

आईसीसी यू–१९ एसिया विश्वकप छनोटमा नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको छ । आज मंगलबार यूएईको अजमानस्थित मलेक क्रिकेट मैदानमा मलेसियाले दिएको ७३ रनको लक्ष्य कुनै विकेट नगुमाइ नेपालले लगातार चौथो जित हासिल गर्न सफल भएको हो । ३५.३ ओभरमा अल आउट हुँदै मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले ९ ओभरको समाप्तिमा विना कुनै विकेटको क्षतीमा पुरा गर्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ३५.३ ओभरमा सबै विकेट गुमाएर ७२ रनमै सीमित हुन पुगेको थियो । सोमबार भएको खेलमा हङकङ नेपालसँग ९ विकेटले पराजित भएको थियो । यस्तै, पहिलो खेलमा नेपालले सिंगापुरलाई ८६ रन र दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनले पराजित गर्न सफल भएको थियो । ६ राष्ट्र सम्मिलित यस खेल प्रतियोगिताको विजेता टोली अर्को वर्ष श्रीलंकामा हुने आईसीसी यू–१९ विश्वकपमा सहभागी हुनेछ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img