spot_img
spot_img
spot_img

कञ्चन कप २०७९को उपाधी नवलपरासीको फोर ब्रदर्श एफसीलाई

spot_img

कञ्चन ।

गत फागुन ५ गते देखि जारी रुपन्देहीको कञ्चनमा खेलकुद प्रतियोगिताको एकमात्र प्रतिस्ठित खेलकुद कञ्चन कप २०७९ को उपाधी नवलपरासीको फोर ब्रदर्श एफसीले हात पारेको छ। शनिबार नेपालगञ्ज ११ र फोर ब्रदर्श एफसी नवलपरासी बिच भएको अन्तिम प्रतिस्पर्धामा फोर ब्रदर्शले नेपालगञ्ज ११ लाई १-० गोल अन्तरले पराजित गरी उपाधी हात पारेको हो। विजेता भएसंगै फोर ब्रदर्शले २ लाख २२ हजार २२२ रुपैया सहित कप र मेडल प्राप्त गरेको छ भने उपविजेता भएको नेपालगञ्ज ११ ले १ लाख ११ हजार १११ रुपैया सहित कप र मेडल प्राप्त गरेको छ।

हिमालय सामुदायिक बिकास केन्द्र, कञ्चन ४, रुपन्देहीको आयोजना तथा कञ्चन गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको प्रतियोगितामा गोर्खा बोइजका सुवास बमले सर्वाधिक ५ गोल गर्न सफल भएका छन। सर्वाधिक गोल गरेसंगै बमले ५ हजार ५ सय रुपैया नगद पुरस्कार सहित गोल्डेन बुट प्राप्त गरेका छन। यसैगरी नेपालगञ्ज ११ का भुपेन्द्र शाही उत्कृष्ट मिडफिल्डर सहित उदाउदो खेलाडीको रुपमा सम्मानित हुदै राइजिङ्ग स्टार उपाधी प्राप्त गरेका छन भने नेपालगञ्ज ११ कै प्रविन सुनार उत्कृष्ट डिफेण्डरबाट सम्मानित भई नगद ५ हजार ५ सय रुपैया प्राप्त गरेका छन। यस्तै प्रतियोगितामा उत्कृष्ट गोल रक्षकको उपाधी फोर ब्रदर्शका राहुल मुखियाले प्राप्त गरेसंगै मुखियाले ५ हजार ५ सय रुपैया प्राप्त गरेको खेल संयोजक शंकर थापा मगरले जानकारी दिनुभएको छ।

प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाई सम्मान तथा पुरस्कार दिदै कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले कञ्चनको खेलकुद बिकासका लागि गाउसभाबाट खेलकुद बिकास समिति गठन गर्ने बिधेयक पास भएको बताउनु भयो। कञ्चनको खेलकुद बिकासका लागि कुन खेल कसरी सञ्चालन गर्ने भन्नेबारे अव बन्ने खेलकुद बिकास समितिले आवस्यक योजना तथा नीति निर्माण गरेर अगाडी बढ्ने समेत अध्यक्ष ढकालले बिश्वास ब्यक्त गर्नु भयो। यस्तै वडा नं। ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले खेलकुदको माध्यमबाट कञ्चनको गरिमा बढाइरहेका खेलाडीहरुको उचित सम्मान गर्न नसकेको स्विकार्दै खेलकुद मार्फत युवाहरुलाई सवल कञ्चन निर्माण गर्नमा साझेदार बनाउन सकिने उल्लेख गर्दै वडा अध्यक्ष खत्रीले कञ्चनको खेलकुद बिकासमा सरोकारवालाहरुसंग आवस्यक छलफल गर्न आवस्यक रहेको समेत जोड दिनु भयो।

कञ्चन कप २०७९ सम्म आइपुग्दाको ऐतिहासिक पृष्ठभुमी बताउदै हिमालय सामुदायिक बिकास केन्द्रका सन्तोष थापाले कञ्चनको खेलकुद बिकास गर्न व्यबस्थित पार्किङ्ग सहितको खेलमैदान निर्माण गर्न सरोकारवालाहरुसंग आग्रह गर्नु भयो। जथाभावी रुपमा व्यबस्थित पार्किङ्ग विनाको खेलमैदान निर्माण गरिनु खेलकुद बिकासकै लागि घातक हुने समेत थापाले बताउनु भयो। हिमालय गोल्डकपको १४ औं संस्करणको रुपमा सञ्चालन भएको कञ्चन कप २०७९ मा देशभरका उत्कृष्ट १२ फुटवल टिमहरुले सहभागिता जनाएका थिए। प्रतियोगितालाई सफल रुपमा सम्पन्न गर्नका लागि बिभिन्न क्षेत्रबाट सहयोग गर्ने सहयोगदाता, चन्दादाता तथा संघ संस्थाहरुलाई समेत सम्मन गरिएको प्रतियोगिताको अन्तिम दिन कञ्चनका बिभिन्न बिद्यालयरुका बिधार्थीहरुद्वारा मार्चपास प्रदर्शन सहित बिविध सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। हिमालय सामुदायिक बिकास केन्द्र, कञ्चन ४ रुपन्देहीका अध्यक्ष प्रकाश थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा केन्द्रका संस्थापक सल्लाहकार गेम बहादुर थापाले स्वागत गर्नु भएको थियो । हिमालय सामुदायिक बिकास केन्द्रको खेलमैदानमा भएको प्रतियोगिताको समापन कार्यक्रमको सञ्चालन युवराज गुरुङ्गले गर्नु भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img