भैरहवा ।
समाजमा भएको विकृतीतर्फ कसैको ध्यान नगएको एक कार्यक्रमका वक्ताहरुले गुनासो गरेका छन । यदुवंशी युवा समाज रुपन्देहीले सिनपा १ रानी गाँउमा आयोजना गरेको होली मिलन कार्यक्रममा बोल्ने बक्ताहरुले समाजमा अझै पनि धेरै विकृतीहरु भएकोले यसमा कसैको ध्यान नपुगेको गुनासो गरेका हुन । शिक्षाको पहुँच हरेक क्षेत्रमा पुगे पनि मानवीय सोचमा परिर्वतन आउन नसकेकोले सामाजिक बिकृतिहरु बढदै गएको र अब आफनो घरदेखि नै परिर्वतन ल्याउन जरुरी रहेको औंल्याएका छन । कार्यक्रममा बोल्दै गोपाल सेवा समिती रुपन्देहीका अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष भरथरी यादवले आफुहरुमा भएको कमीकमजोरीहरुलाई सुधार गर्दै लैजानुपर्ने बताउनु भएको छ । उहाले नया कामको सुरुवात गर्नुपर्ने बताउदै आगामी दिनमा रुपन्देहीमा यादव समुदायको पहिचान झल्किने गरी कार्यक्रमहरु ल्याउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
यस्तै कार्यक्रममा बोल्दै यदुवंशी युवा समाज रुपन्देहीका अध्यक्ष डा। रणधिर यादवले यदुवंशी युवा समाज रुपन्देहीमा राजनितिक क्षेत्रका ब्यक्तिहरुलाई समाबेश नगर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । उहाले युवा समाजले समाजमा परिवर्तन गर्ने उदेश्यले स्थापना भएकोले राजनितिक दलका ब्यक्तिहरुलाई हस्तक्षेप नगर्न आग्रह गर्नुभएको छ ।
गोपालसेवा समिती रुपन्देहीको बरिष्ठ उपाध्यक्ष तथा केन्द्रिय सदस्य मातृका यादवले यादव समुदाय संगठित भएर अगाडी बढनुपर्ने बताउनुभएको छ ।
यदुवंशी युवा समाजका बरिष्ठ उपाध्यक्ष राकेश यादवको स्वागत मन्तब्य रहेको होली मिलन कार्यक्रममा सन्तकुमार यादव, अम्बिका यादव, युवा नेता भोपेन्द्र यादव, श्रीराम यादव, रामदेव यादव लगायतले होली पर्वको शुभकामना दिदै आफुमा भएको कमीकमजोरीलाई सुधार गर्दै एकताका साथ अगाडी बढनुपर्नेमा जोड दिएका थिए । यदुवंशी युवा समाज रुपन्देहीका अध्यक्ष डा. रणधिर यादवको अध्यक्षता तथा गोपाल सेवा समिती रुपन्देहीका अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष भरथरी यादवको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रम संचालन यदुवंशी युवा समाज रुपन्देहीका सचिव राकेश यादवले गर्नुभएको थियो ।