spot_img
spot_img
spot_img

युनिक होम्सले जित्यो रोहिणी गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि

spot_img

२२ फागुन, भैरहवा ।

रुपन्देहीको रोहिणी गाउँपालिकाको आयोजनामा भएको रोहिणी गाउँपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि युनिक होम्स इङलिस बोर्डिङ हाई स्कूल, धकधईले हात पारेको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजित प्रतियोगिताको उपाधि युनिक होम्सले जितेको हो । रोहिणी–३ स्वामीनगर, धकधईस्थित श्री राम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको खेलमैदानमा फागुन १९ देखि २१ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न खेलमा ९ स्वर्ण, ४ रजत र ५ काश्य गरी कुल १८ पदक प्राप्त गर्दै युनिक होम्सले रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि जितेको रुपन्देही जिल्ला खेलकुद विकास समितिका सदस्य तथा प्रमुख प्रशिक्षक कृष्ण शाक्यले जानकारी दिनुभएको छ ।

यस्तै छिपागढ माध्यमिक विद्यालयले ६ स्वर्ण, ३ रजत र १ काश्य गरी कुल १० पदक प्राप्त गरी द्वितीय भएको छ भने पजरकट्टी माध्यमिक विद्यालय ४ स्वर्ण, १ रजत र २ काश्य गरी कुल ७ पदक प्राप्त गरी तृतीय भएको आयोजकले जनाएको छ । त्यसैगरी अध्यक्ष कप भलिबल प्रतियोगितामा जनचेतना आधारभूत विद्यालय प्रथम र पजरकट्टी माध्यमिक विद्यालय द्वितीय भएको छ । प्रतियोगिताअन्तर्गत भलिबल, एथलेटिक्स, कराँते लगायतका खेलकुद भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img