spot_img
spot_img
spot_img

राष्ट्रपतिमा कांग्रेसका नेता पौडेल निर्वाचित

spot_img

काठमाण्डौ ।

राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुनुभएको छ । आज भएको चुनावमा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई हराउँदै पौडेल राष्ट्रपतिमा निर्वाचित बन्नुभएको हो । पौडेलले ३३ हजार आठ सय दुई मतभार प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गर्नुभयो । चुनावी प्रक्रियामा सहभागी भएका सांसदहरूको कुल मतभार ४९ हजार पाँच सय ९१ थियो । राष्ट्रपतिमा निर्वाचित हुनका लागि २६ हजार तीन सय १५ मतभार आवश्यक पर्छ ।

पूर्वसभामुख समेत रहनुभएका पौडेल कांग्रेस सहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको समर्थनमा राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी भने मतदानमा सहभागि भएको थिएन । राष्ट्रपति चुनावमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेश सभा सदस्य पाँच सय ५० गरी कुल आठ सय ८१ मतदाता कायम रहेकामा ५० जना मतदानमा उपस्थित भएनन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img