काठमाण्डौ ।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललृ प्रमाणपत्र प्राप्त गर्नुभएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले नयाँ बानेश्वरमा रहेको सङ्घीय संसद् भवनमा पौडेललाई आज निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभएको हो। कार्यक्रममा चुनावको मतपरिणाम घोषणा गरी नेता रामचन्द्र पौडेल निर्वाचित भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी गराउनुभएको थियो ।
त्यस अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत लगायतको सहभागिता रहेको थियो ।