spot_img
spot_img
spot_img

हरैया बहुमुखी क्याम्पसमा तीन विद्यार्थी संगठनद्वारा उम्मेद्वार मनोनयन

spot_img

कञ्चन ।

आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि रुपन्देहीको कञ्चनमा रहेको हरैया बहुमुखी क्याम्पसमा तीन विद्यार्थी संगठनहरुले प्यानलगत मनोनयन दर्ता गरेका छन। क्याम्पसमा दर्ता भएका संगठनहरुमध्ये अनेरास्ववियु,जनमत विद्यार्थी संघ र लोकतान्त्रिक विद्यार्थी संघको संयुक्त प्यानलबाट सभापति पदका लागि प्रदिप शर्मा, सचिव पदमा अनिल कुमार गुप्ता तेली र कोषाध्यक्ष पदमा जीवन कुमार धवलले उम्मेद्वारी दिएका छन। यसैगरी संयुक्त प्यानलबाटै शुभम शर्मा, अविनाश क्षेत्री, निसा कुवँर, दिपेन्द्र यादव र अभय कुमार यादबले सदस्य पदमा उम्मेद्वारी दर्ता गरेको स्ववियु निर्वाचन हरैया बहुमुखी क्याम्पसका निर्वाचन अधिकृत रामजी आचार्यले जानकारी दिनुभएको छ।

यसैगरी प्रगतिशिल विद्यार्थी संगठनको तर्फबाट माया थापाले सभापति पदमा उम्मेद्वारी दिएकी छिन भने मनिषा आचार्यले सचिव पदमा र अतुल रानाले कोषाध्यक्ष पदमा उम्मेद्वारी दिएका छन। स्ववियु निर्वाचन हरैया बहुमुखी क्याम्पसका निर्वाचन अधिकृत आचार्यका अनुसार नेपाल विद्यार्थी संघको तर्फबाट सुनिल रानाले सभापति पदका लागि मनोनयन गरेका छन। त्यस्तै सचिव पदमा रुपेश कुमार यादब र कोषाध्यक्ष पदमा रेखा प्रजापतिले उम्मेद्वारी दिएकी छिन।
बिहान ७ बजे देखि १० बजे सम्मको निर्धारित समयमा नेविसंघको तर्फबाट खुमबहादुर घर्ती मगर, प्रियंका केसी, सुमित विक, ईरफान चुरिहार र समीर क्षेत्रीले सदस्य पदमा उम्मेद्वारी दिएका छन। ५१७ जना मतदाता रहेको सो क्याम्पसमा हुने स्ववियु निर्वाचन अन्तरगत समानुपातिकमा प्राप्त मत संख्याको आधारमा निर्वाचित सदस्यहरुबाट उपसभापति, सह सचिव र बांकी सदस्य निर्वाचित हुनेछन।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img