काठमाण्डौ ।
जनता समाजवादी पार्टी जसपाबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादव विरुद्ध दुईवटा उजुरी परेका छन् । दुवै उजुरीमा राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था भए पनि पुरुष राष्ट्रपति निर्वाचित भइसकेको अवस्थामा यादवको उम्मेदवारी संविधान विपरीत भएको जिकिर गर्दै यादवको उम्मेदवारी खारेज गर्न माग गरिएको छ ।
यादव विरुद्ध नेकपा एमाले र सत्ता गठबन्धनमा आबद्ध जनमत पार्टीको तर्फबाट छुट्टाछुट्टै उजुरी परेका हुन। निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारविरुद्ध परेको उजुरीको भोलि दिउँसो १२ बजेसम्म जाँचबुझ गरी निर्णय लिइने बताएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??